‘S’ बाट नाम सुरु हुनेहरु कस्ता हुन्छन् ?

तपाईंको नामको पहिलो अक्षर तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ । सायद तपाईंलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाईं आफ्नो बारे वा अन्य व्यक्तिका विशेषता सजिलै थाहा पाउन सक्नुहुन्छ । यहाँ आज हामी तपाईंलाई अंग्रेजी अक्षरको ‘एस’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताउँदैछौं ।

q-7-430x336

 

 नेतृत्व क्षमताः

अंग्रेजी वर्णमालामा यो अक्षर १९ औं नम्बरमा आउँछ । अंकशास्त्रका अनुसार यो अक्षर नम्बर १ अन्तर्गत आउने गर्दछ जो स्वभाविक रुपले नेतृत्वको गुण दिने मानिन्छ ।

आत्मविश्वासी र महत्वाकांक्षीः

यस्ता व्यक्तिहरु मेहनत गर्नुपर्छ भन्ने विश्वास राख्दछन् र कुनै पनि कामलाई पूरा गर्नका लागि ज्यानै दिन्छन् । आफूलाई निकै नियन्त्रणमा राख्न सक्ने यी व्यक्तिहरु जे सोच्छन् त्यसलाई पूरा गरेरै छोड्छन् । स्वाभिमानी र साहसी हुने भएकाले उनीहरुको महत्व अझै बढाइदिन्छ ।

 

बुद्धिमानः
यो अक्षरबाट नाम सुरु हुने स्त्री वा पुरुष दुबै निकै बुद्धिमान हुन्छन् । आफ्नो बौद्धिक गुणका कारण उनीहरु ज्ञानलाई पनि निकै महत्व दिने गर्दछन् । उनीहरु मेहनतले हरेक कुरा हाँसिल गर्दछन् त्यसकारण जीवनको हरेक क्षेत्रमा सफल हुन्छन् ।

प्रतिभावना र इमान्दारः
उनीहरु प्रतिभाका धनी हुन्छन् । नयाँ प्रोजेक्ट वा रचनात्मक क्रियाकलापमा उनीहरुले गरेका हरेक काम एकदम नयाँ र प्रभावशाली हुने गर्दछ । उनीहरु इमान्दार हुन्छन र साँचो बोल्न मन पराउँछन् । त्यसकारण अरुले गरेको कामका लागि पनि उनीहरुलाई पूरा क्रेडिट दिने गर्दछन् ।

राम्रा र आकर्षकः
उनीहरु हेर्दा निकै राम्रा हुन्छन् भने व्यक्तित्व निकै आकर्षक हुन्छ । बोल्ने शैलीदेखि कपडा लगाउने तरिकासम्म हरेक कुरा निकै उत्कृष्ट हुन्छ जसका कारण उनीहरुप्रति मानिसहरु निकै प्रभावित हुन्छन् ।

प्रेम सम्बन्धमाः
इमान्दार भएका कारण सम्बन्ध, कार्यक्षेत्र वा व्यवसायमा पूर्ण रुपमा बफादार हुन्छन् । प्रेम वा वैवाहिक सम्बन्धमा पनि साथीप्रति बफादार हुनु उनीहरुको प्राथमिकता हुन्छ । तर उनीहरु रोमान्टिक भने हुँदैनन् ।

यसका साथै सम्बन्धमा उनीहरुको एक कमी पनि छ । धेरै पटक सम्बन्धमा आफू हाबी हुन चाहन्छन् जसका कारण उनीहरुको वैवाहिक वा प्रेम–सम्बन्ध लामो समयसम्म टिक्न पाउँदैन ।

रिसाहाः
थुप्रै विशेषताका साथै उनीहरुका अवगुण पनि छन् । यी व्यक्तिहरु रिसाहा हुन्छन् । यतिमात्र नभई स्थान र परिस्थितीको ख्याल नगरी उनीहरु आफ्ना भित्री कुराहरु भन्ने गर्दछन् जसका कारण दोस्ती, व्यापार र सम्बन्धमा तनावको स्थितीको सामना गर्नुपर्ने हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा