कंगाल बनेपछिपनि किन खुशि छन् भुतपुर्व करोडपती  ?

MDRUM_Homeless_Millionaire-5-768x466 MDRUM_Homeless_Millionaire-12

जब एक करोडपति कंगाल हुन्छन्, उनको मानसिक अवस्था कस्तो होला ?  निसन्देह उनी विक्षिप्त हुन पुग्छन् । तर, यो कथा अलि भिन्न छ । एक यस्ता व्यक्ति, जसको जीवनशैली मोज मस्तीले भरिपूर्ण थियो । ३८ बषिर्य माजी डुमाटो नामका यी व्यक्ति अहिले कंगाल भएका छन्  ।

 दुबईमा उनी ३० करोड रुपैयाँ बराबर सम्पत्तीको मालिक थिए । प्ले ब्वाईको छबी बनाएका उनको जीवनमा यस्तो मोड आयो, जसले उनी कंगाल भए । अहिले उनी ब्राजिलमा कंगाल अवस्थामा छन् ।

खासमा सीरिया बस्ने माजी ड्युमेटो ब्राजिल र दुबईमा हुर्के बढेका हुन् । उनले वेब डिजाइनिङ, मार्केटिङ र प्रपर्टी व्यवसायबाट आम्दानी गरेका थिए ।

उनको जीवनमा हरेक किसिमले मोज मस्ती थियो । जब, उनले करोडौ रुपैयाँको फेरारी कार खरिद गरे, तब उनले जीवनको सबैकुरा पाएको ठाने ।
तर, एकरात फेरारी भयानक दुर्घटनामा पर्‍यो । कार ड्राइभ गरिरहेका माजीको जब होस खुल्यो, उनको कार एक ट्रलीमा जोतिएको थियो ।

त्यहाँ पाँच वटा कार एकअर्कामा जुधेको थियो । त्यही दुर्घटनाको कारण माजीले जेलको हावा खानुपर्‍यो ।  त्यही दुर्घटनापछि हो, उनको जीवन एक सय ८० डिग्रीमा बदलिएको । त्यसपछि उनी बिरक्तिएर ब्राजिलतिर लागे । उनले सोचें, ‘के मैले धन दौलत बटुलेर यही चाहेको थिए ?’

 

एक दिन उनी एउटा क्लबमा थिए, त्यहीबेला मिलेना कांगो नामकी युवतीसँग भेट भयो । उनीहरु आपसमा नजिकिए र पछि बिहे गरे ।  त्यही युवतीसँग बिवाह गरेपछि माजीले महसुष गरे, धन दौतल भनेको केहि होइन रहेछ । त्यसबीचमा उनको जीवनमा एक टर्निङ प्वाइन्ट आयो ।

मिलेनालाई छातीको क्यान्सर भयो । दुई पटक शल्याक्रिया गरियो, बोन म्यारो ट्रान्सप्लान्ट गरियो । दुबई छाड्दा रहेको करोडौं रुपैयाँ त्यही उपचारमा खर्च भयो ।

जुन चिकित्सकले मिलेनाको उपचार गरिरहेका थिए, उनी एक क्यान्सर पि्रभेन्सन सेन्टर पनि बनाइरहेका थिए ।  उक्त सेन्टर निर्माण भएको आसपासमा धेरै जग्गा बिक्रीमा थियो । माजीले त्यही जग्गा खरिद गरे र एक ठूलो पि्रभेन्सन सेन्टर बनाउने निर्णय लिए ।

उनको सर्त यतिमात्र थियो कि, क्यान्सर पि्रभेन्सन सेन्टरबाट जति कमाई हुन्छ, त्यसको ५० प्रतिशत हिस्सा गरीबलाई निशुल्क उपचार गरिदिनुपर्छ । यो सेन्टर यसै बर्षको अन्त्यतिर बन्छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको