एजेन्सी । सिरियामा भएको रासायनिक हमलापछि संसारका दुई ठूला मुलुकहरु आमनेसामने भएका छन् । सिरियाको असद सरकारको बचाउको निम्ति रुसले आफ्ना शस्त्रहरुसमेत पठाइसकेको छ । उता, अमेरिकी विदेश मन्त्री टिलरसनले भने सिरियाका विद्रोही ठाउँहरुमा भएका रासायनिक हमला रुसको कारण भएको बताएका छन् । यस्ता बढ्दा घटनाका क्रम बढ्दै गएपछि अब के यी तेस्रो विश्वयुद्ध हुने संकेत हुन् ?
यदि हो भने यसमा कुन देशले कसको साथ पाउला त ? अमेरिकालाई साथ दिने मुलुकहरु कुनकुन हुन् ? सिरियामा गृहयुद्ध सुरु भएदेखि नै अमेरिकी मुलुक त्यसको विपक्षी थियो । अन्य नेटोका सहयोगी देशहरु ब्रिटेन, फ्रास, जर्मनीलगायतका देशहरु अन्तर्राष्ट्रिय परिवेशमा अमेरिकाकै पक्षमा लागेको देखिन्छ । सिरियाको छिमेकी देश टर्की भने पहिलेबाटै अमेरिकाको पक्षमा भइसकेको छ । सिरिया बोर्डरमा रुसको विमान खसेदेखि टर्की र रुसबीच तनाव थियो । यसरी अमेरिकी समर्थक देशहरु अहिले इटलीमा भेटवार्ता गर्दै रुसलाई सिरियाबाट कसरी टाढा रहन दबाब दिन सकिन्छ भन्नेबारे छलफल भइरहेको अनुमान गरिन्छ ।
ब्रिटेन
ब्रिटेन सरकारले अमेरिकी हमलाको पूरा समर्थन गर्दै त्यसलाई उचित र सिमित रहेको बताए ।
टर्की
टर्कीका राष्ट्रपति तैयप अर्दोआनले अमेरिकी आक्रमण सिरियामा भइरहेको कथित युद्धको सही जवाफ रहेको बताएका छन् ।
इजरायल
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले एउटा बयान जारी गराएर अमेरिकी हमलाको साथ दिएका छन् ।
फ्रान्स
फ्रानस बाहिरबाट हेर्दा अमेरिकाको साथमा देखिएपनि युद्धका बेलामा भने अलिक हिचकिचाउने गरेको छ । पेरिस हमलापछि फ्रान्सले सिरियामा बमबारी गराउँदा रुससँग तनाव सिर्जना भएकोले सायद अब अमेरिकाकै पक्षमा देखिन सक्छ फ्रान्स ।
साउदी अरब
अमेरिका जसरी नै साउदी अरब पनि सिरियाका असदलाई कुनै पनि हालतमा हटाउनुपर्छ भन्ने पक्षमा छन् । सन् २०१३ मा असदले साउदी अरबमा गरेको हमलाविरुद्ध अमेरिका नबोलेका कारण रिसाएको थियो तर अहिलेको अवस्थामा भने अमेरिकी नेतृत्वको आइएसविरुद्धको लडाइँमा साउदी अरबले पनि साथ दिँदै आइरहेको छ ।
रुसका पक्षमा कुुुन-कुन देश ?
अहिले रुस, इरान र सिरिया सरकार अमेरिकी हमलाको जवाफ दिने पक्षमा जुटेका छन् । अमेरिकाले गत हप्ता गरेको सिरिया हमलापछि रुसले यसको कडा आलोचना गरेको थियो । सिरियाका असदलाई राष्ट्रपति ट्रम्पले सञ्चार माध्यमकै अगाडि नानाथरी आरोप लगाएका थिए । यस कारण यी मुलुकहरु एकआपसका विरोधी रहेका छन् ।
इरान
सिरियाका राष्ट्रपति बशर अल असदका समर्थक इरानले अमेरिकी आक्रमणका विरुद्धमा पहिले नै कडा प्रतिक्रिया जनाएका थिए ।
चीन
चीन सरकारले भने सिरियाको बिग्रँदो हालतप्रति चिन्ता व्यक्त गरेको छ । कुनै पनि देशमा हुने रासायनिक हतियारको प्रयोगप्रति चिनियाँ सरकारले सधैँ विरोध गर्ने गरेको छ भने उतातिर सिरियाको अवस्थामा सुधार ल्याउनुपर्ने कुरामा पनि चीनले जोड दिँदै आएको छ ।
-आजतकबाट
११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न
११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले
११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति
११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना
१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ
१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक