झापा, २६ चैत । नेपाल–भारतबीचका सीमास्तम्भ बनाउने, मर्मत गर्ने तथा हराएका ठाउँमा स्तम्भ राख्ने काममा भारत उदासीन देखिएको छ ।
विगत तीन वर्षदेखि नेपाल र भारतका नापीका अधिकारी सम्मिलित टोलीले दुई देशबीचका सीमा रेखांकन गर्ने काम गरिरहे पनि सीमास्तम्भ बनाउने कामका लागि भारतले बजेट निकासा नगरेपछि भारतको जिम्मा रहेको काम हुन नसकेको हो ।
भारतको जिम्मामा रहेका सीमास्तम्भ बनाउने तथा मर्मत गर्ने काम विगत एक वर्षदेखि शून्य रहेको भारतीय अधिकारीहरूले नै बताएका छन् ।
नेपाल पक्षले भने करिब ८० प्रतिशत काम सकेको बताएको छ । नेपालले बिजोडी र भारतले जोडी नम्बरका सीमास्तम्भको काम गर्ने सम्झौता भएको नेपाली तथा भारतीय अधिकारीले बताए ।
अहिले झापाको घेराबारीमा नेपाल र भारतबीच सीमा क्षेत्र कायम गर्ने र हराएका सीमास्तम्भ भएको ठाउँ पत्ता लगाउने काम भइरहेको छ । नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाएर लगभग अन्तिम चरणमा पुर्याएको छ ।
बिजोडी नम्बरका मुख्य स्तम्भ र तिनका सहायक स्तम्भहरूको समेत निर्माण गर्ने, सिमेन्ट लगाउने तथा रंगरोगन गर्ने काम धमाधम भइरहेको छ ।
दक्षिण झापाको नेपाल–भारत सीमाबाट हराएका सीमास्तम्भहरू कसरी खोजिन्छ भन्ने जानकारी दिँदै नेपाल–भारत सीमा सर्वेक्षणका नेपालतर्फका प्रमुख नापी अधिकृत सुशील डंगोलले भन्नुभयो, ‘हामी पहिला मेसिन लगाएर सीमा बिन्दु पत्ता लगाउँछौं अनि हराएका पिलर कहाँ थिए भन्ने पत्ता लागिहाल्छ ।’
भारतले जोडी नम्बरका र नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाउने सहमति भए अनुरूप नेपालतर्फबाट अधिकांश सीमास्तम्भ बनाउने, मर्मत गर्ने र सही स्थानमा राख्ने काम भइसकेको डंगोलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले हाम्रो जिम्मामा आएको अधिकांश काम सकेका छौं तर भारततर्फबाट यो वर्षको प्रगति शून्य छ । त्यसकारण काम कहिले सकिन्छ भन्नेमा हामी नै अन्योलमा छौं ।’
गएको एक वर्षभित्रमा भारततर्फबाट संयुक्त टोलीमा सीमा कायम गर्ने कामबाहेक कुनै पनि स्तम्भ बनाउने, मर्मत गर्ने र स्तम्भलाई सही स्थानमा राख्ने काम नभएको नेपाल तथा भारतका नापी अधिकारीले बताए ।
संयुक्त नापी टोलीका भारतीय अधिकारी देहरादुनका नरेश कुमारका अनुसार गएको वर्षयता भारतले सीमास्तम्भका लागि पैसा नछुट्याएका कारण भारतीय पक्षले सीमास्तम्भको काम गर्न नसकेको हो ।
उहाँले भन्नुभयो, ‘भारतका लागि सीमास्तम्भ बनाउने काम भारतीय सशस्त्र सीमा सुरक्षा बलको हो तर सरकारले पैसा नदिएकाले यो कुनै वर्ष कुनै पनि काम हुन सकेन ।’ उहाँ नेपालकै टोलीसँग सीमा कायम गर्ने काममा खटिनुभएको छ ।
नेपाली अधिकारीका अनुसार भारतले अहिलेसम्म जम्मा कामको ४० प्रतिशत काम मात्र सम्पन्न गरेको छ ।
नेपालका प्रमुख नापी अधिकृत डंगोलका अनुसार पूर्वी नेपालका झापा र सुनसरीमा सीमा क्षेत्रका अतिक्रमित जग्गाको लगत संकलन गर्ने काम भइसकेको र मोरङमा उक्त काम भइरहेको छ ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा
वैशाख ९, २०८३,भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘बिचौलिया’ प्रवेश गरी कर्मचारीलाई काम