सीमास्तम्भ मर्मत गर्न भारत उदासीन

sima-stambha-58e831274e3a95.81795641झापा, २६ चैत । नेपाल–भारतबीचका सीमास्तम्भ बनाउने, मर्मत गर्ने तथा हराएका ठाउँमा स्तम्भ राख्ने काममा भारत उदासीन देखिएको छ ।

विगत तीन वर्षदेखि नेपाल र भारतका नापीका अधिकारी सम्मिलित टोलीले दुई देशबीचका सीमा रेखांकन गर्ने काम गरिरहे पनि सीमास्तम्भ बनाउने कामका लागि भारतले बजेट निकासा नगरेपछि भारतको जिम्मा रहेको काम हुन नसकेको हो ।

भारतको जिम्मामा रहेका सीमास्तम्भ बनाउने तथा मर्मत गर्ने काम विगत एक वर्षदेखि शून्य रहेको भारतीय अधिकारीहरूले नै बताएका छन् ।

नेपाल पक्षले भने करिब ८० प्रतिशत काम सकेको बताएको छ । नेपालले बिजोडी र भारतले जोडी नम्बरका सीमास्तम्भको काम गर्ने सम्झौता भएको नेपाली तथा भारतीय अधिकारीले बताए ।

अहिले झापाको घेराबारीमा नेपाल र भारतबीच सीमा क्षेत्र कायम गर्ने र हराएका सीमास्तम्भ भएको ठाउँ पत्ता लगाउने काम भइरहेको छ । नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाएर लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।

बिजोडी नम्बरका मुख्य स्तम्भ र तिनका सहायक स्तम्भहरूको समेत निर्माण गर्ने, सिमेन्ट लगाउने तथा रंगरोगन गर्ने काम धमाधम भइरहेको छ ।

दक्षिण झापाको नेपाल–भारत सीमाबाट हराएका सीमास्तम्भहरू कसरी खोजिन्छ भन्ने जानकारी दिँदै नेपाल–भारत सीमा सर्वेक्षणका नेपालतर्फका प्रमुख नापी अधिकृत सुशील डंगोलले भन्नुभयो, ‘हामी पहिला मेसिन लगाएर सीमा बिन्दु पत्ता लगाउँछौं अनि हराएका पिलर कहाँ थिए भन्ने पत्ता लागिहाल्छ ।’

भारतले जोडी नम्बरका र नेपालले बिजोडी नम्बरका सीमास्तम्भ बनाउने सहमति भए अनुरूप नेपालतर्फबाट अधिकांश सीमास्तम्भ बनाउने, मर्मत गर्ने र सही स्थानमा राख्ने काम भइसकेको डंगोलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो जिम्मामा आएको अधिकांश काम सकेका छौं तर भारततर्फबाट यो वर्षको प्रगति शून्य छ । त्यसकारण काम कहिले सकिन्छ भन्नेमा हामी नै अन्योलमा छौं ।’

गएको एक वर्षभित्रमा भारततर्फबाट संयुक्त टोलीमा सीमा कायम गर्ने कामबाहेक कुनै पनि स्तम्भ बनाउने, मर्मत गर्ने र स्तम्भलाई सही स्थानमा राख्ने काम नभएको नेपाल तथा भारतका नापी अधिकारीले बताए ।

संयुक्त नापी टोलीका भारतीय अधिकारी देहरादुनका नरेश कुमारका अनुसार गएको वर्षयता भारतले सीमास्तम्भका लागि पैसा नछुट्याएका कारण भारतीय पक्षले सीमास्तम्भको काम गर्न नसकेको हो ।

उहाँले भन्नुभयो, ‘भारतका लागि सीमास्तम्भ बनाउने काम भारतीय सशस्त्र सीमा सुरक्षा बलको हो तर सरकारले पैसा नदिएकाले यो कुनै वर्ष कुनै पनि काम हुन सकेन ।’ उहाँ नेपालकै टोलीसँग सीमा कायम गर्ने काममा खटिनुभएको छ ।

नेपाली अधिकारीका अनुसार भारतले अहिलेसम्म जम्मा कामको ४० प्रतिशत काम मात्र सम्पन्न गरेको छ ।

नेपालका प्रमुख नापी अधिकृत डंगोलका अनुसार पूर्वी नेपालका झापा र सुनसरीमा सीमा क्षेत्रका अतिक्रमित जग्गाको लगत संकलन गर्ने काम भइसकेको र मोरङमा उक्त काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

माहाभियोग सम्बन्धमा सर्बोच्च अदालतले गरेको नयाँ ब्याख्या यस्तो छ

काठमाडौँ, २९ बैशाख । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल

बढ्दो महंगीबाट श्रमिकहरुको जीवन कष्टकर बन्दै

१८ बैशाख, सुर्खेत,१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट) कर्णाली

WorldLink र PUBG मोबाइलले गरे गेमिङ्गखेलमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा

१७ बैशाख,काठमाडौं।अग्रणी मोबाइल गेम, PUBG MOBILE एवं नेपालको उत्कृष्ट ISP, WorldLink बीच एक सम्झौता गरिएको

बारामा २ मा मतगणना जारीः उपेन्द्रको अग्रता कायमै, कुशवाह पछिपछि

१२वैशाख,काठमाडौं। बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता

सिन्धुज्वाला हाईड्रोमा चुर्न प्रसादको ब्रम्हलुट सेयर सदस्यको पैसा पारिवारिक व्यवसायमा लगानी

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला