सिरियामा क्षेप्यास्त्र हमलापछि अमेरिकाले भन्यो- ‘सुरक्षाको लागि आक्रमण’

siriya-blast

चैत २६, अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ । विद्रोहीको कब्जामा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले रासायनिक हमला गरेको बदलामा अमेरिकाले शुक्रबार सिरियाली हवाई आधार क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको हो । हमलामा ६ जना सिरियाली सेनाको मृत्यु भएको खबर आजको नयाँ पत्रिकामा छ ।

रासायनिक हमला गरिएको अखडामा आक्रमण
अमेरिकाले उत्तरी सिरियाको होम्स सहरको सिरियाली हवाई अखडलाई निशाना बनाएको हो । सोही अखडाबाट गत मंगलबार बिहान सिरियाली सेनाले रासायनिक हमला गरेको थियो । खान सेखहाउन सहरमा भएको सो हमलामा बालबालिका र महिलासहित झन्डै सयजनाको मृत्यु भएको थियो । भूमध्यसागरमा रहेको नौसैनिक युद्धपोतबाट ५९ वटा टोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको अमेरिकी रक्षामन्त्रालय भवन पेन्टागनले जनाएको छ । सिरियाले अमेरिकी आक्रमणको भत्र्सना गरेको छ ।

क्षेप्यास्त्रले सिरियाली लडाकु विमान, भण्डारण क्षेत्र, हतियार आपूर्ति गर्ने बंकर, हवाई रक्षा प्रणाली र होमप्रान्तको स्यारत हवाई अखडलाई निशाना बनाएको पेन्टागनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिरियाली सरकारलाई रासायनिक हमला गर्नबाट निरुत्साहित गर्न सो हमला गरिएको पेन्टागनले जनाएको छ । क्षेप्यास्त्रबाट भएको क्षतिबारे पेन्टागनले कुनै विवरण दिएको छैन । होम प्रान्तका गभर्नरले क्षेप्यास्त्र हमलामा धेरैको मृत्यु भएको र सेनाको आधार अखडामा आगलागी भएको बताए । हमलामा कम्तीमा ६ सिरियाली सेनाको मृत्यु भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

‘अमेरिकाको सुरक्षाको लागि आक्रमण’
सियिाली द्वन्द्व अन्त्य गर्न सम्पूर्ण ‘सभ्य मुलुकलाई’ सहयोग गर्न ट्रम्पले आह्वान गरेका छन् । ‘सिरियाको नरसंहार र रक्तपात रोक्न तथा सबै प्रकारका अतिवाद रोक्न म सम्पूर्ण सभ्य देशका नागरिकलाई आह्वान गर्दछु,’ ट्रम्पले भने । रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थविपरीत भएको ट्रम्पले बताए । अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि सो कदम चालेको उनले बताए । क्षेप्यास्त्र हमला सिरियाली सरकारको रासायनिक आक्रमणको बदलामा गरिएको ह्वाइट हाउसका प्रवक्ताले बताए । सिरियाली राष्ट्र«पति असदको प्रत्यक्ष निर्देशनमा हवाई हमला भएकोमा हामी पूर्ण विश्वस्त छौँ,’ प्रवक्ताले भने । अमेरिकी नेतृत्वको संयुक्त गठबन्धनले सिरियामा सन् २०१४ देखि त्यहाँका जिहादीविरुद्ध हवाई हमला गर्दै आएको छ । तर, सरकारी फौजलाई अमेरिकाले हमला गरेको भने पहिलोपटक हो ।

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी अधिकारीले सिरियाको रासायनिक हमलाविरुद्ध सम्भावित सैनिक कदमबारे सोचिरहेको बताएका थिए । बिहीबार मात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सिरियाबारे ट्रम्प प्रशासनको अकस्मात नीति परिवर्तन भएको बताउँदै भविष्यमा असदको भूमिका नहुने बताएका थिए । गत साता मात्र राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले ट्रम्पलाई च्युत गर्ने नीति वासिंगटनको प्राथमिकतामा नरहेको बताएकी थिइन् । यसैबीच, अमेरिकी कदमको सिरियाली विपक्षी समूह सिरियाली राष्ट्रिय गठबन्धनले स्वागत गरेको छ । ‘अमेरिकी सेनाबाट हामी अझै बढी हमला अपेक्षा गर्छौं,’ गठबन्धनका प्रवक्ता अहमद रमदानको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

रासायनिक हमला गरिएको अखडामा आक्रमण
अमेरिकाले उत्तरी सिरियाको होम्स सहरको सिरियाली हवाई अखडालाई निशाना बनाएको हो । सोही अखडाबाट गत मंगलबार बिहान सिरियाली सेनाले रासायनिक हमला गरेको थियो । खान सेखहाउन सहरमा भएको सो हमलामा बालबालिका र महिलासहित झन्डै सयजनाको मृत्यु भएको थियो । भूमध्यसागरमा रहेको नौसैनिक युद्धपोतबाट ५९ टोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिका–रसिया सम्बन्ध बिग्रियो : पुटिन
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्धको कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुनुका साथै रसिया र अमेरिकाबीचको सम्बन्धसमेत बिग्रिएको बताएका छन् । अमेरिकी आक्रमण सार्वभौम देशविरुद्धको हमला भएको पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले भत्र्सना गरेका छन् ।

राष्ट्रसंघका लागि रसियाली दूतले अमेरिकाले विगतमा इराक र लिबियामा गरिएका सैनिक कारबाहीका परिणामबारे सोच्न सुझाब दिएका छन् । अमेरिकी आक्रमणले अतिवादविरुद्धको लडाइँलाई अवमूल्यन गरेको क्रेमलिनले प्रतिक्रिया दिएको छ । ‘अमेरिकी हमला राष्ट्रसंघअन्तर्गतका मुलुकहरूविरुद्ध अमेरिकी आक्रोश हो,’ क्रेमलिनका एक अधिकारीले बताए । कारबाहीअघि रसियाली सेनालाई जानकारी दिइएको पेन्टागनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

एआई प्रयोगको अवधारणापत्र तयार

असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी,  जेठ ३१ गते ।  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल