व्युटी पार्लर धाउनु, सौन्दर्य प्रसाधन प्रयोग गर्नु खर्चिलो र झन्झटिलो हुन्छ । त्यसमाथि यस्ता कृतिम बिधीले प्राकृकित सौन्दर्य प्राप्त गर्न सकिदैन । बजारमा पाइने सौन्दर्य प्रसाधनले दीर्घकालिन काम पनि गर्दैन । त्यसो भए के गर्ने त रु
सजिलो काइदा छ, भान्सको सामग्रीलाई प्रयोग गर्ने । हामीले भान्सामा दिनहुँ प्रयोग गर्ने कति चिज यस्ता छन्, जसले हाम्रो सौन्दर्यमा निखार ल्याउन मद्दत गर्छ ।
नुनको प्रयोग
नुन छालाको लागि एकदमै फाइदाजनक हुन्छ । यो एक बडी स्क्रब, फेस टोनर र फेस स्क्रबको रुपमा प्रयोग गर्न सकिन्छ ।
कसरी प्रयोग गर्ने ?
१. एक चम्चा ओलिभ आयल
२. एक चम्चा नुन
सबैभन्दा पहिला एक चम्चा ओलिभ आयलमा एक चम्चा नुन मिसाउने । यसलाई हल्का ढंगले हातले अनुहारमा स्क्रब गर्ने । त्यसपछि आधा घण्टासम्म छाडिदिने । आधा घण्टापछि मनतातो पानीले धुने ।
टोनरको रुपमा नुन प्रयोग गर्ने तरिका
नुनमा पानी मिसाउने । जब यो पग्लिन्छ, त्यसलाई कुनै स्प्रेमा राख्ने । त्यसपछि आँखालाई बचाएर अनुहारमा नियमित स्प्रे गर्ने ।
दहीको प्रयोग
घरमा पाइने दही पनि एक सेतो वस्तु हो, जसले तपाईको अनुहार सुन्दर र ग्लोइङ बनाइराख्छ । यसले घामको किरणबाट पनि जोगाउँछ ।
कसरी प्रयोग गर्ने
१.एक ठूलो चम्चा दही
२. आधा चम्चा कागतीको रस
३. आधा चम्चा मह
मह र कागतीको रस मिसाएर दहीमा हाल्ने । त्यसलाई राम्ररी घोल्ने । अब यो मिश्रणलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्ने ।
काचो दुधको प्रयोग
१. काचो दुध
२. केरा
काचो दुध छालाको लागी लाभदायक मानिन्छ । काचो दुध अनुहारमा लगाउदा रुखोपन, डार्क सर्कलको समस्या हट्छ । केरालाई काचो दुधमा मिसाएर नियमित लगाउनाले अनुहार मुलायम र चम्किलो हुन्छ ।
चिनी
चिनी गुलियो र मीठो हुन्छ । यसलाई अनुहार चम्काउन पनि प्रयोग गर्न सकिन्छ ।
कसरी प्रयोग गर्ने रु
१.ओलिभ आयल
२. कागतीको रस
३. चिनी
कसरी प्रयोग गर्ने
कागतीको रस र ओलिभ आयल आपसमा मिलाएर चिनीमा घोल्ने । अब यसलाई आफ्नो अनुहारमा लगाउनु पर्छ ।
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने