काठमाडौं, २४ चैत । नयाँ शक्ति पार्टीसहित दलीय चुनाव चिन्हबाट बञ्चित ६५ राजनीतिक दलहरुले संयुक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।बिहीबार काठमाडौंमा सम्पन्न ती दलहरुबीचको संयुक्त अन्तरक्रिया कार्यक्रममा नेताहरुले चुनावमा भाग लिनको लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने आफ्नो संवैधानिक अधिकारलाई सरकारले कुण्ठीत गरेको आरोप लगाएका छन् ।
‘स्थानीय तह निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र’ शीर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रममा चुनाव चिन्ह नपाएका ६५ दलहरु सम्मिलित संयुक्त राजनीतिक संघर्ष समितिको तर्फबाट अवधारणापत्र प्रस्तुत गरिएको थियो । नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापाले संयुक्त अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
संयुक्त अवधारणापत्र प्रस्तुत गर्दै थापाले सरकारले विधितव रुपमा निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई चुनाव चिन्हबाट बञ्चित गर्ने कानून ल्याएको भन्दै त्यस्तो कानूनले लोकतान्त्रिक व्यवस्था र त्यसको मूल्य मान्यताको धज्जी उडाएको भन्दै देशमा क्रियाशील राजनीतिक पार्टीहरुलाई आआफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन पाउने आधारभूत हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।
‘उक्त कानूनले लोकतान्त्रिक व्यवस्था र मूल्य मान्यताको पर्दाफास मात्र गरेको छैन स्वयं नेपालको संविधान २०७२ को प्रस्तावना र प्रावधानहरुको समेत सिधै उल्लंघन गरेको छ’ संयुक्त अवधारणापत्रमा उल्लेख गरिएको छ ।कार्यक्रममा नयाँ शक्ति पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख हिसिला यमीले आन्दोलनको दायरा अलि फराकिलो र समावेशी बनाउनु पर्नेमा जोड दिइन् । त्यसैगरी नयाँ शक्तिकै राष्ट्रिय मामिला समिति संयोजक परशुराम तामाङले जारी आन्दोलन लोकतन्त्रको आत्मालाई बचाउने आन्दोलन भएकाले सबै लोकतन्त्रका पक्षधरहरूले यो आन्दोलनमा सहयोग गर्नुपर्ने बताए ।
त्यसैगरी सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सरकारको यो निर्णयले नयाँ राजनैतिक दलहरूको भ्रुण हत्या गर्ने काम गरेको बताउँदै लोकतन्त्रको ठूलो उपहास गरेको आरोप लगाए । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बाल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले लोकतान्त्रिक सरकारले दलहरू खोल्न पाउने संंवैधानिक अधिकार माथि प्रतिबन्ध लगाएको आरोप लगाए ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले जारी आन्दोलन चुनाव चिह्न पाउने विषय मात्रै नभएर बहुदलीय प्रतिस्पर्धामाथिको प्रतिबन्ध विरुद्धको आन्दोलन भएको जिकीर गरे ।
सांसद हरिशचन्द्र शाहले देशको राजनैतिक स्वास्थ्य गडबडी भएकोमा चिन्ता व्यक्त गरे । आधुनिक नेपाल पार्टीका संयोजक प्रा. डा. मनोजराज बगालेले आन्दोलन सफल हुन विचार बलियो हुनुपर्ने भन्दै देशका बुद्धिजिवीहरूलाई पनि यो न्यायको लडाइमा सहभागी हुन आह्वान गरे । कार्यक्रममा ६५ दलका केन्द्रीयस्तरका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सहभागीहरुले अधिकार मागेर नपाइने भएकाले खासेर लिनेगरी आन्दोलनको तयारीमा लाग्नुपर्ने बताए । कार्यक्रममा नयाँ शक्ति पार्टीका राष्ट्रिय मामिला समितिका संयोजक परशुराम तामाङ, अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमी, आंगिक संगठन विभाग संयोजक कुमार पौडेल, महिला शक्ति नेपालकी संयोजक कल्पना धमलालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच संयुक्त राजनीतिक संघर्ष समितिले दलीय चुनाव चिन्हका लागि दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । सोही क्रममा आगामी चैत २६ गते काठमाडौं रत्नपार्कस्थित शान्तिबाटिकामा बृहत र्यालीसहित सभा गर्ने निर्णय गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकाले पराक्रम
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो
१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा
२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस
नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान