April 5, 2017

हत्या अभियोगमा जन्मकैद भोगिरहेका पूर्व गाविस अध्यक्षको मृत्यु

राजविराज, चैत २२ – हत्या अभियोगमा जन्मकैद सजाय भोगिरहेका पूर्व गाविस अध्यक्ष नथुनी यादवको सोमबार ज्यान गएको छ ।

डाँढा गाविस–८ का ७१ वर्षका यादव झाडापखालाले थलिएपछि अस्पताल भर्ना भएका थिए । चिनी रोगका विरामीसमेत रहेका यादवको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा ज्यान गएको जिल्ला कारागार कार्यालय सप्तरीले जानकारी दिएको छ ।

कारागारमा ७० वर्षमाथिका १० जना अशक्त कैदीबन्दी थुनामा रहेको कारागार कार्यालय प्रमुख कृष्ण दाहालले जानकारी दिनुभयो ।

डाँढा–६ का मुक्ति राम चमारको हत्या अभियोगमा सर्वोच्च अदालतको फैसला बम्मोजिम घरबाटै गिरफ्तार यादव असार १६ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।

यादव पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा र बहुदलिय व्यवस्थाको स्थापनापछि नेकपा (एमाले) का तर्फबाट दुई पटक गाविस अध्यक्ष निर्वाचित थिए भने २०५६ सालमा एमालेको तर्फबाट संसदीय निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए ।

यादवका एक श्रीमती, एक छोरी र छोरीका तीन छोरा छन् । यादवको एक छोरी मात्र भएपछि घरपरिवार र ससुरालीले समेत अर्को विवाह गर्न दवाव दिएपनि उनले छोरी र छोरामा कुनै भेदभाव गर्न नहुने भन्दै दोस्रो विवाह नगरेको यादवकी श्रीमतीले बताउनुभयो ।

गाउँका केटाकेटी र महिलाबीचको विवाद बढ्दै गई ०५२ चैत २८ गते भएको कुटपिटपछि घाइते डाँढा गाविस–६ का मुक्ति रामको उपचारका क्रममा ०५३ वैशाख १ गते राजविराजस्थित अञ्चल अस्पतालमा ज्यान गएको थियो ।

पीडित पक्षले तत्कालिन गाविस अध्यक्ष यादवको आदेशमा तत्कालिन गाविस सदस्य बिराजी खत्वेसहित २६ जनाले कुटपिट गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

जिल्ला अदालतको आदेशले ६० हजार धरौटीमा रिहा भएका यादवलाई पुनरावेदन अदालत राजविराजले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । जिल्ला अदालतले ०५६ चैत १ गते यादवलाई जन्मकैदको फैसला गरेको थियो । पुनरावेदन अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ०५८ माघ २९ गते आरोपितहरुलाई सफाई दिएपछि फैसला नमिलेको भन्दै यादवसहित दुखी राम, बौकाइ राम, चन्दर राम, देवलाल राम र भुवनाथ राममाथि कारवाहीका लागि सर्वोच्च अदालतमा उजुरी परेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय रामप्रसाद श्रेष्ठ र ताहिर अली अन्सारीको इजलाशले २०६६ भदौ ८ गते यादवलाई जन्मकैद, दुखीराम, देवलाल र भुवनाथलाई ३/३ वर्ष कैद सजाय तथा चन्दर र बौकाइलाई सफाइ दिने फैसला गरेको थियो ।

तत्कालिन गाविस अध्यक्ष यादवका भतिजा राजाराम यादवले घटनामा संलग्न नभएपनि राजनीतिक पूर्वाग्रहका आधारमा २६ जनामाथि विपक्षीहरुले मुद्दा लगाई फसाँएको बताउनुभयो । मृतकको मंगलबार गाउँमा दाहसंस्कार गरिएको भतिजा राजाराम यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्