१९ चैत, काठमाडौं । नेपालमा औपचारिक रूपमै युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो-फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो ।
यसअघि नेपालमा भारतबाट युरो-थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो-फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।
भारतले सन् २०२० बाट युरो-सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो-फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।
के फरक छ यो तेलमा
सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो-फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवाीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी हुनेछ ।
युरो-फोर मापदण्डको इन्धनमा सल्फरको कम हुन्छ । जसका कारण सवारीसाधनको कार्य क्षमता पनि बढ्छ भने प्रदुषण पनि यसले कम गर्न मद्दत गर्छ ।
यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्छ । महत्वपूर्ण कुरा, युरो फोर मापदण्डको तेलमा ४० पीपीएमको सल्फर हुन्छ । जुन अहिले प्रयोगमा रहेको पेट्रोलमा १५० र डिजेलमा ३५० पीपीएम हुन्छ । सल्फरको मात्रा कम हुनु नै यसको महत्वपूर्ण विशेषता हो ।
भारतले केही समय अघिबाटै आफ्ना महत्वपूर्ण शहरहरुमा युरो-फोर गुणस्तरको तेलको बिक्री थालिसकेको थियो । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । वर्षमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको तेल आयात हुने गरेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको