१७ चैत, काठमाडौं । नयाँशक्ति पार्टी परित्याग गरेका पूर्वअर्थसचिव रामेश्वर खनाल र सो पार्टीका संयोजक डा. बाबुराम भट्टराई दुबैको चरित्र चित्रण सोही पार्टीका ‘कृषक नेता’ मदन राईले गरेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकमा राईले ‘दुई सिपालु नेपाली आत्मा’ शीर्षकमा एउटा लेख लेखेका छन् । सो लेखमा राईले भनेका छन्- ‘नयाँ शक्तिमा यी दुई आत्मा एक ठाउँमा भए, म बूढो हलीको हलो यसमा गज्जपले जोड्ने थिएँ भनेर यिनी दुबैलाई भनेको हुँ ।’
नयाँ शक्ति पार्टी छाडेर हिँडेका रामेश्वर खनालका बारेमा राईले लेखेका छन्-‘खनालजीको बोलाइ, लेखाइ र गराइको तादाम्य र मिठास देखेर म ज्यादै प्रभावित भएको थिएँ । बाबुरामजीको भन्दा अझ सरल र मीठो लाग्छ, खनालजीको शैली । यस्ता मानिस राजनीतिमा आउनैपर्छ भन्ने मान्यता राख्थें । राजनीतिमा रामेश्वरजीलाई संलग्न गराउन बाबुरामजी र रवीन्द्र मिश्रजीसँग निकै कुरा चल्थ्यो ।उनीहरु दुबै जना र मैले पनि रामेश्वरजीप्रतिको आकर्षण धेरै देख्नेगथ्र्यौं । किनकि उनी असलमात्रै होइन, हामी भएकामध्ये आफ्नो विषयमा धेरै जान्नेमान्छे पनि ।’
रामेश्वरजी पनि मानिस नै हुन् । उनको कमजोरीमध्ये सबैभन्दा ठूलो कमजोरीमा अधैर्य स्वयं आफैंले भनिसकेका छन् । आफूले भनेको भएन भने सहने कम, मन दुखाउने बढी
राईले लेखेका छन्- ‘नयाँशक्तिको आर्थिक नीति रामेश्वरजीले धेरै मिहेनत गरेर तयार गरेका हुन् । समिट होटलको प्रस्तुतीमा पंक्तिकार खुशीले रोएको थियो । रामेश्वरजीसँग लगातार वर्षदिन काम गर्दा हर्ष र उर्जा मिल्थ्यो । सारै सरल, चोखो र स्पष्ट मान्छे । कञ्चन चामलजस्तै, कलकल छहरा जस्तो विचार र अभिव्यक्ति । साधा जीवन जिउन, पैदन हिँड्न, भुइँमा बस्न रुचाउने ।’
लेखमा राईले थप भनेका छन्- ‘बाबुरामजीलाई अर्थमन्त्रीमा सफल बनाउने मुख्य हात खनालजीकै हो ।’
अधैर्य, आफूले भनेको नहुँदा मन दुखाइहाल्ने
राईले आफ्नो लेखमा रामेश्वर खनालका कमजोरीबारे पनि लेखेका छन् । रार्इ भन्छन्- ‘रामेश्वरजी पनि मानिस नै हुन् । उनको कमजोरीमध्ये सबैभन्दा ठूलो कमजोरीमा अधैर्य स्वयं आफैंले भनिसकेका छन् । आफूले भनेको भएन भने सहने कम, मन दुखाउने बढी ।’
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका