काठमाडौं — राजधानीका चिल्ला सडकमा सररर गुड्ने नेपालीका सपना त रहरमै सीमित भएका छन् । विकसित देशका ठूला शहरमा झण्डै २२ प्रतिशत हिस्सा सडकले ओगट्छ । तर नेपालमा चाहिँ १० प्रतिशत भूभाग पनि बाटोले ओगटेको छैन ।
यसबाटै स्पष्ट थाहा हुन्छ, यहाँका सडक अत्यन्तै साँघुरो छन् । सडक जाम भइरहन्छ । अझ कहिले सडक विस्तारको नाममा, कहिले मेलम्चीको पानीको नाममा त कहिले फाइबर तारको नाममा हरेक दिन काठमाडौंको बाटो ध्वस्त पार्ने काम हुन्छ तर आफ्नो काम सकिएपछि कुनै पनि निकायले बाटोको मर्मत गर्दैनन् ।
आजभोलि मौसमको ताल पनि सडककै जस्तो छ । कहिले घाम लाग्छ, कहिले पानी पर्छ । तर समस्या चाहिँ सर्वसाधारणले बेहोर्नुपर्छ । घाम लाग्ने बित्तिकै बुङ्बुङी धुलो उड्छ । पानी पर्नेबित्तिकै सडकका खाल्डाखुल्डी तालतलैयामा परिणत हुन्छन् ।
सम्बन्धित निकायहरू काम भइरहेकोले यस्तो समस्या हुने बताउँछन् तर सर्वसाधारणले समस्या चाहिँ झेलिरहनुपरेको छ । समस्या समाधानको लागि कोही पनि जिम्मेवार देखिँदैनन् ।
यो काठमाडौंको चावहिल मित्रपार्क आसपासको सडकको अवस्था हो । काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन सडकका छेउकुना खन्न थालेपछि सर्वसाधारण पानी आउनुभन्दा दुई वर्षअघिदेखि नै धूलोधूवाँ खाइरहेका छन् । मेलम्चीले बाटो खन्छ, पाइप बिछ्याउँछ तर पाइप बिछ्याएपछि पुर्ने, सम्याउने काम गर्दैनन् ।
यसरी मेलम्चीको पानीको बहानाले काठमाडौंका धेरै ठाउँमा सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ । यही समस्याको कारणले राजधानीमा सडक दुर्घटनाको संख्या बढेको छ भने सर्वसाधारणको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेको छ ।
सडकमा बिछ्याइएको पिच पनि निकै कमजोर छ, उप्किइरहन्छ । त्यही ठाउँमा पानी परेपछि सडक हिलैहिलो बनेको छ । मोटरसाइकल लिएर हुरुरु कुद्नेहरू साँझ घर फर्किंदा रोपाइँ गरेर आएजस्तै हुन्छन् । सर्वसाधारणलाई बाटो काट्नधरी समस्या छ ।
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
असार १५,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज
काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)