टाइटानिक बारेका १२ तथ्य, सायद तपाईंलाई थाहा छैन

titanic-750x435सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिस मरेका थिए । टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महंगो पानीजहाज थियो । इंगल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किएको थियो टाइटनिक ।
निकै शक्तिशाली उक्त जहाजमा सुरक्षाका सबै उपाय अपनाइएको थियो । तर त्यसका बाबजुत पनि उक्त जहाज आफ्नो पहिलो यात्रामै हिउँको थुप्रोसँग ठक्कर खायो र डुब्यो । उक्त दुर्घटना सन् १९१२ को अप्रिल १४ को रात ११ बजेर ४० मिनेटमा भएको थियो र रात २ बजेर २० मिनेटमा पूरै जहाज समुद्रमा डुब्यो । यद्यपि यो जहाज दुर्घटनाका बारेमा बहुचर्चित हलिउड फिल्म बनेको छ र यसबारेमा धेरै तथ्यहरु बाहिर आएका छन् ।

तर केही रोचक तथ्यहरु यस्ता पनि छन् जो तपाईंले थाहा नपाएको हुनसक्छः

१। जहाजका चालकहरुले जहाज ठोक्किनु केवल ३० सेकेण्डअघि मात्र आइसबर्ग देखेका थिए । यदि अलिक पहिले नै उक्त हिउँको थुप्रो देखिएको भए सायद जहाजको दिशा बदल्न सम्भव हुन्थ्यो र समुद्री इतिहासको उक्त भिषण दुर्घटना टर्न सक्थ्यो ।

२। जहाजमा धुवाँ निस्किने ४ वटा चिम्नी अर्थात् स्मोकस्टेक्स थिए । टाइटानिकका हरेक तस्वीरको अभिन्न हिस्सा हुन् ती चार चिम्नी । तर खासमा ती ४ चिम्नीमध्ये एउटा केवल देखावटी मात्र थियो । अर्थात् केवल ३ वटाबाट मात्र धुवाँ निस्कन्थ्यो र एएटा केवल सजावटका लागि मात्र राखिएको थियो ।

३। उक्त भयावह दुर्घटना हुँदाको रात आन्ध्र महासागरमा क्यालिफोर्नियन नामको अर्को जहाज पनि तैरिरहेको थियो । उक्त जहाज टाइटानिक भन्दा धेरै टाढा पनि थिएन । तर समयमा सूचना प्राप्त नहुँदा क्यालिफोर्नियन समयमा दुर्घटनास्थलमा पुग्न पाएन र धेरै यात्रुको ज्यान जोगिन पाएन ।

४। दुर्घटनाको एकदिन पहिले लाइफबोट ड्रिल अभ्यास गर्ने कायक्रम थियो । तर अन्तिम सयमा उक्त अभ्यास कार्यक्रम रोकियो । यदि लाइभ बोट अभ्यास गरिएको भए डुंगाहरुको राम्रो व्यवस्था भएर धेरै यात्रुको ज्यान जोगिन सक्थ्यो होला ।

५। टाइटनिक फिल्मको सबैभन्दा हृदयविदारक दृश्यमध्येको एक हो, जहाज डुबिरहँदा पनि म्युजिक ब्याण्डका सदस्यहरुले संगीत निरन्तर जारी रहनु । यो कुनै काल्पनिक कथा थिएन । वास्तवमा जहाज दुर्घटनाग्रस्त हुने समयमा त्यहाँ त्यस्तै संगीत गुन्जिरहेको थियो ।

६। दुर्घटनामा धेरै यात्रु लाइफ बोटको सहायताले ज्यान जोगाउन सफल भएका थिए तर लाइफ बोटको सही व्यवस्थापन हुन नसक्दा धेरैको ज्यान गयो । कतिपय लाइफ बोटहरुमा पर्याप्त ठाउँ छँदाछँदै वा खाली हुँदाहुँदै पनि जहाजका यात्रुहरुलाई राख्न सकिएन ।

७। एउटा रोचक, अनौठो तथा यथार्थ तथ्य के हो भने टाइटानिक जहाज बनाउनमा जति खर्च लागेको थियो त्यो भन्दा धेरै खर्च जेम्स क्यामरुनको फिल्म टाइटानिक बनाउन लागेको थियो ।

८। टाइटानिकलाई ध्वस्त पार्ने कुख्यात हिम पहाड उक्त दुर्घटना हुनुभन्दा २९ सय वर्ष पहिले नै बनेको थियो ।

९। उक्त भिषण दुर्घटनामा जहाजका एक शेफ पनि बँचेका थिए । उनी बँच्नुको कारण निकै रोचक छ । वास्तवमा ती भान्सेले जहाज डुब्नुअघि निकै नै धेरै रक्सी पिएका थिए । अब जसरी पनि मरिन्छ भनेर धोकाधार रुपमा उनले पिएको रक्सी आखिर अमृत बन्यो । उनी समुद्रको पानीमा खसेपछि जिउमा धेरै रक्सी भएकै कारण उनको सरीरको तापक्रम धेरै घट्न पाएन र उनको ज्यान जोगियो । स्मरण रहोस् टाइटानिकका धेरै यात्रुको डुबेर भन्दा पनि समुद्रको अत्यधिक चिसो पानीका कारण मृत्यु भएको थियो ।

१०। त्यसदिन टाइटानिक जहाजमा यात्रा गर्नका लागि अमेरिकाको चर्चित चकलेट कम्पनी हर्शे चकलेट्सका मालिक मिल्टन हर्शेले पनि टिकट काटेका थिए । तर अन्तिम समयमा उनले आफ्नो यात्राको योजना परिवर्तन गरे र टाइटानिकमा चढेनन् । जसका कारण संयोगले उनको ज्यान बँच्यो ।

११। टाइटानिकमा एक जापानी यात्रु पनि थिए जो दुर्घटनामा बँच्न सफल भए । जापानी सरकारी जागिरे मासाबुमी होसोनो टाइटानिकका एकमात्र जापानी यात्री थिए । तर जब उनी बँचेर जापान फर्किउ तब उनलाई जहाज छाडेर भागेको आरोपमा सबैले घृणा गरे । जहाजसँगै नडुबी स्वार्थी भएर आफुमात्र बाँचेको भनेर जापानी सर्वसाधारण, मिडिया तथा सरकार समेतले उनलाई छि छि दूर दूर गराए । उनलाई जागिरबाट पनि हटाइयो र कायरको संज्ञा दिइयो । उनको सन् १९८० मा मृत्यु भयो ।

१२। हिउँको पहाडसँग ठोक्किएर दुर्घटनाग्रस्त हुने टाइटानिक दुनियाँको एकमात्र ठूलो जहाज हो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि