
चैत १३ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले राज्यको माथिल्लो तहमा आफ्नो प्रभाव कायम राख्न विभिन्न तिकड्म गर्ने गरेको विषय बाहिरिएको छ ।
प्रमुख राजनीतिक दलहरुलाई चन्दा दिनु त नयाँ र नौलो विषय भएन । यसबाहेक स साना सेवा पनि प्रभावशाली नेता, उनीहरुको परिवारका सदस्य, माथिल्लो तहका कर्मचारी आदिलाई समेत दिने गरेको बताइएको छ । स्रोतका अनुशार एनसेलले प्रभावशाली मानिसहरुलाई निःशुल्क मोबाइल सेवा दिने गरेको छ ।
एनसेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उनको परिवारका सबैजसो सदस्यहरु, नेता कृष्णबहादुर महरा र उनको परिवारका सबैजसोलाई यस्तो सुविधा दिएको बुझिएको छ ।
पैशा तिर्नु नपर्ने सिम एनसेलले माथिल्लो तहका सरकारी कर्मचारीहरुलाई पनि वितरण गर्छ । यसो गर्दा एनसेलले ठूलो धनराशी त खर्च गर्नु पर्दैन तर यस्तो सुविधा लिनेहरु सधै एनसेलसँग नतमस्तक हुनेछन भन्ने विश्वासका आधारमा यो तरिका अपनाइएको जानकारहरु बताउँछन् ।
केही कर्मचारी, नेता, उनीहरुको परिवारका सदस्यहरुले प्रयोग गर्ने केही निःशुल्क नम्बरहरु पनि नेपाल आजलाई प्राप्त भएको छ । ती नम्बरका बारेमा थप अध्ययन भइरहेको छ ।
एनसेलले विशेषगरी आफूलाई काम लाग्ने सरकारी अड्डाका कर्मचारीलाई यस्तो सिम बाँड्ने गरेको स्रोतको दाबी छ । जसअनुशार नेपाल दूरसञ्चार प्राधिकरणका माथिल्लो तहका कर्मचारीहरु, अख्तियारका प्रभावशाली कर्मचारीहरु, विभिन्न मन्त्रालयका माथिल्लो तहका कर्मचारी, नेपाल प्रहरीका उच्च तहका अधिकृतहरु, प्रभावशाली नेता आदिलाई दिइएको बुझिएकोछ । एनसेलले उपलब्ध गराएको महशुल नउठ्ने सिमको प्रयोग कतिपयले आफै गर्छन् । केहीले भने परिवारका सदस्य वा निकट व्यक्तिहरुलाई प्रयोग गर्न दिने गरेको स्रोतको भनाइ छ ।
एनसेलले सरकारलाई बुझाउन बाँकी पूँजीगत लाभकर बापत ३३ अर्ब रुपैयाँ बुझाउन बाँकी छ । यो रकम बुझाउन एनसेलले आनाकानी गरिरहेको छ । अर्कोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३३ अर्ब करबाट एनसेललाई जोगाउन विभिन्न प्रपञ्च गरेपछि विषय चर्चामा आएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालको मतमा यो पूँजीगत लाभकर कुनै पनि हालतमा छुट हुन सक्दैन । प्रधानमन्त्रीले चाहेर पनि यो कर छुट दिन सक्दैनन् । यसकारण यसको सबैभन्दा सजिलो उपाय भनेको एनसेललाई कर तिराउनु मात्रै हो ।
नेपाल आज अनलाईनबाट साभार गरिएको
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा