शहीद गौतमका परिवारलाई १० लाख दिँदै गृहमन्त्रीले भने- भारतले माफी माग्नुपर्छ

nidhi-kanchanpur-768x497१२ चैत, कञ्चनपुर । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ ।

गृहमन्त्री बिमलेन्द्र निधिले शहीरको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गरे । उनले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरे ।शहीद परिवारलाई यसअघि नेकपा एमालेले ५ लाख र माओवादी केन्द्रले ६ लाख राहत प्रदान गरेका थिए ।

परिवारलाई राहत हस्तान्तरण गरेपछि घटनास्थल अवलोकन गर्दै गृहमन्त्री निधिले भारतले यस घटनाप्रति माफी माग्नुपर्ने बताएका छन् । उनले भने, ‘भारतले नै गोली चलाएको पुष्टि भइसकेको छ । उसले यस घटनाप्रति माफी माग्नुपर्छ र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ।

bimalendra-nidhi-kanch1-768x435

उनले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

घाइते चापागाईंलाई काठमाडौं लगियो

सोही घटनामा गम्भीर घाइते भइ धनगढीमा उपचार गराइरहेका टिकाराम चापागाईंलाई थप उपचारका लागि गृहमन्त्री गौतमले काठमाडौं लिएर गएका छन् ।

उनको धनगढी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो ।

नेपाली कांग्रेसका तर्फबाट उनले घाइते चापागाईंलाई पनि १ लाख राहत उपलब्ध गराए ।

bimalendra-nidhi-kanchanpur-768x457

यसैबीच शहीद गौतमका परिवारलाई नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ६ ले ४ लाख राहत प्रदान गरेको छ । उक्त रकम गृहमन्त्री निधिले शहीदपत्नी लक्ष्मीलाई हस्तान्तरण गरे । नेविसंघले घाइते चापागाईंलाई पनि १ लाख २० हजार १०१ रुपैयाँ सहयोग गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्दबजारमा नेपाली भूमिमा कल्वर्ड निर्माण गर्न लाग्दा भारतीय एसएसवीले रोकेपछि सुरु भएको बिवादले उग्ररुप लिँदा गत फागुन २६ गते एसएसवीले सोही ठाउँका ३० बर्षीय गोविन्द गौतमलाई गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज

आठ महिनापछि ट्रायल पास गरेको ३ देखि ७ दिनभित्रमा लाइसेन्स पाइने

१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको

जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : अध्यक्ष थापा

१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका

ठगीको आरोपमा सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ

१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ

मदिरा सेवन गरेर बाटो सिधा भएर हिँड्न नसक्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन : अध्यक्ष ओली

१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने

कानुनी मान्यता विपरीत राष्ट्रपतिले परराष्ट्र सल्लाहकार नियुक्त गर्न मिल्दैन : नेता पन्त

१२ चैत,काठमाडौँ। नेकपा(एमाले)का नेता एवं सांसद रघुजी पन्तले कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति