चैत १२, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् । आजको कान्तिपुरमा खबर छ ।
राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । उनको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ । यसअघि चैतको दोस्रो साता त्यसतर्फ जाने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यस्तता र भारतीय राजदूत पनि नभएका कारणले उनको भ्रमण दुई साता पछि सरेको हो ।
‘अहिले सम्मको तयारीअनुसार राष्ट्रपछि बैशाख ४ मा भारत जाने र त्यहाको भ्रमण तालिका तय हुदा चार या पाच दिन बस्ने कार्यतालिका बन्दैछ,’ परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो, ‘दिल्ली बैशाख चार मा पुग्ने । पाँचमा भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुने गरि तालिका तय भए पनि अन्य स्थान कहा जाने भन्ने विषय अझै टुंगो लाग्न बाकी छ ।’ प्रस्तावित मिति अनुरुप उनको पहिलो भारत भ्रमण पाँच वा ५ दिने हुनेछ । राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीहरु समेत हुनेगरि काम अघि बढेको छ । ‘ड्रग ट्राफिकिङ’ नियमन गर्ने विषयमा दुई पक्षीय सहमति र साना विकास परियोजना सहयोग सम्वन्धी सम्झौताहरुमा छलफल भइरहेको भ्रमणको तयारीमा संलग्न एक अधिकारीले बताए ।
भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा सरकार जुटेको तीन महिनापछि भ्रमण तय भएको राष्ट्रपति कार्यालयका अधिकारीहरु बताउछन् । करिव एक बर्ष अघि भ्रमणको सबै तयारी पुरा भए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन