डाक्टर भागेपछि रौतहटका सडकभरी बिरामी : स्वास्थ्य मन्त्रालय र सेनाले यसरी थाल्यो उपचार

sena-shibir-10-e1490370426320sena-shibir-11-e1490370439423

रौतहट, चैत  – स्वास्थ्य सुचकांङ्कमा निकै पछाडि परेको रौतहटमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा थालेको पहिलो निःशुल्क साप्ताहिक सघन स्वास्थ्य शिविरमा सर्वसाधारणको अत्यधिक भीड लागेको छ ।

गत चैत ८ गतेदेखि रौतहट सदरमुकाम गौरमा शुरु भएको शिविरमा शुक्रबार साँझसम्म १ हजार ९ सय २९ पुरुष र २ हजार ३ सय २० महिला सहित ४ हजार ३ सय २० जनाले उपचार सेवा लिएको नेपाली सेनाका कर्णेल दीपक अधिकारीले जानकारी दिनुभयो ।

यस्तै ५८ बिरामीको मुख्य अप्रेशन गरिएको छ भने १९ जनाको सामान्य अप्रेशन गरी उपचार भइरहेको छ । स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको समस्या, पुरुषहरुको हाइड्रोशील, हर्निया, फिस्टुला लगायत अन्य शल्यक्रिया गर्नुपर्ने रोगको उपचार थालिएको हो । नेपाली सेनाको मोबाइल अस्पताल र रौतहट जिल्ला अस्पतालमा गरी ३९ चिकित्सक खटिएका छन् ।

नेपाली सेनाका २१ जना डाक्टर, काठमाडौंको वीर, चितवनको भरतपुर, हेटौडा अस्पताल र गौर अस्पतालका १८ जना चिकित्सक खटिएका छन् ।
शुक्रबार स्वास्थ्यमन्त्री गगन थापा, रक्षामन्त्री बालकृष्ण खाँडले समेत शिविरको अवलोकन गरेका छन् ।

शिबिरको अवलोकनका क्रममा स्वास्थ्यमन्त्री गगन थापाले जिल्ला अस्पतालहरुको स्तरउन्नती गरी विरामीको सेवालाई गुणस्तरीयता बनाँउने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य सेवामा पहुँच नपुगेका जनतालाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयले बृहत स्वास्थ्य शीविर आयोजना गरिएको जानकारी दिए ।

स्वास्थ्य शिविर अझै ३ दिनसम्म जारी रहनेछ । रौतहटको जिल्ला अस्पताल गौरमा दरबन्दी डाक्टर कहिल्यै नबस्ने स्थानीयहरुले बताए । जिल्लामा अस्पताल भएर पनि उपचार सेवा नपाएका बिरामीहरु भारतका अस्पताल जाने गर्थे । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शुरु गरेको स्वास्थ्य शिविर संचालनबाट स्थानीयले राहत महशुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा