भैरहवा, ११ चैत । नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा सभासद गंगा चौधरीले सांसद् गंगा चौधरीले उत्पीडित वर्ग समुदायका मानिसलाई जबसम्म संविधानले सम्मान गर्न सक्दैन तबसम्म यो देशमा समृद्धि सम्भव नहुने बताएकी छिन् ।
शुक्रबार भैरहवामा आयोजित हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अझै पनि शासकहरुले दास र कम्लरी बनाउन खोजेकोप्रति कडा टिप्पणी गरिन् । उनले भनिन्, ‘हामी २१ औं शताब्दीको नागरिक हौं, हामी अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं, त्यसैकोविरुद्ध मधेश थरुहठ आन्दोलनको उठान भएको हो ।’
उनले उत्पीडनमा परेका वर्गको अधिकारका लागि लड्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ शक्तिले त्यसैका लागि लड्ने बताइन् । अहिले देशमा चलिरहेको अन्धराष्ट्रवादप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘खोक्रो राष्ट्रवादको नारा लिएर हिंडेका सिक्किममा जन्मिएका व्यक्ति राष्ट्रवादी हुने तर, यो देशमै जन्मिएर जमिनको रक्षा गर्ने कसरी राष्ट्रविरोधी हुन्छ ?,’ उनले प्रश्न गरिन् ।
यसैगरी दलित शक्ति नेपालका संयोजक सुशिला सिपाइलले राष्ट्रियताको नाममा नेपालमा रहेका मधेसी समुदायलाई नदेख्ने व्यवहारले नेपालको समृद्धि होइन, बरु विखण्डनतिर लैजाने बताए ।
उनले अधिकार र पहिचान दिने नाममा कुनै समुदायले पाउँछ, अर्कोले पाउँदैन भनेर विभेद गरेर समृद्ध नेपाल बन्न नसक्ने बताए
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न