March 24, 2017

सईदेखि जेलबाट छुटेकासम्म अपहरण धन्दामा

download (1)काठमाडौं । म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सईलाई महानगरीय अपराध महाशाखाले चैत २ गते काठमाडौंबाट नियन्त्रणमा लियो । व्यवसायी अपहरण गरी फिरौती रकम असुल्ने कार्यमा अपराध महाशाखाको स्याटलाइट युनिटमा कार्यरत सई सम्वद तामाङ र सूर्य थापा पक्राउ परे । उनीहरूले अन्य २ जनाको सहयोगमा म्यानपावर व्यवसायी बद्री राईलाई गएको माघ १ गते अपहरण गरेर फिरौती असुल गरेका थिए । 

उनीहरूले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको अनुसन्धानबाट खुल्यो । उनीहरूको समूहले म्यानपावर व्यवसायी राईलाई माघ १ गते कोटेश्वरबाट अपहरण गरेर एयरपोर्टस्थित बाजेको सेकुवामा लगेर ६ घण्टा बन्धक बनाएर फिरौती मागेका थिए । उनीहरूले राईसँग २५–२५ लाख दरका चारवटा चेक लिएर हिँडेका थिए । फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । अनुसन्धान गर्दै जाँदा मुख्य योजनाकार नै प्रहरी भएको तथ्य पत्ता लाग्यो । उनीहरूलाई प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । 

फागुन १८ गते काठमाडौंको बौद्ध क्षेत्रबाट नुवाकोटका विशाल तामाङ, नाङडुङ तामाङ, मनदोर्जे तामाङ अपहरणमा परे । नवलपरासी कारागारमा ठगीको कैद भुक्तान गरी काठमाडौं छिरेका दुर्गाबहादुर तामाङको ४ जनाको समूहले अपहरणमा परेकासँग नजिकिएर रमाइलो गर्ने बहानामा अपहरण गरी ६ लाख रकम फिरौती मागेको थियो । प्रहरीले परिवारको सहयोगमा उनीहरूलाई फागुन २१ गते काठमाडौंको खुसीबुबाट गोली चलाएर नियन्त्रणमा लियो । उनीहरूलाई पनि प्रहरी हिरासतमा राखी अनुसन्धान थालेको छ । 

लाजिम्पाटको मुकुल सहकारीकी अध्यक्षलाई छोरी अपहरण गर्ने धम्की दिएर १ करोड फिरौती माग गर्ने धादिङ जीवनपुरका विदुर पौडललाई पनि महाशाखाले फागुन १२ गते काठमाडौंको लैनचौरबाट पक्राउ गर्यो । फिल्म बनाउने पैसा जोहो गर्नका लागि उनले १ करोड रकम नदिए मार्ने धम्की दिन थालेपछि पीडितले महाशाखामा फागुन ११ गते उजुरी दिएका थिए । पक्राउ परेका पौडेल अहिले पुर्पक्षका लागि जेलमा छन् । 

राजधानीको न्युरोडस्थित मख्खन गल्लीमा साडी तथा कुर्तासुरुवालको कारोबार गर्ने श्यामसुन्दर अग्रवाल फागुन ५ गते अपहरणमा परे । उनलाई अपरण गर्ने मुख्य योजनाकार धादिङकी राधिका श्रेष्ठ थिइन् । उनी अग्रवालको पसलमा काम गर्ने कर्मचारी हुन् । राधिकालाई उनका प्रेमी प्रकाश लामिछानेले प्रयोग गरे ।

अग्रवालको अपहरणपछि फिरौती रकम लिएर पोल खुल्ने डरले राधिकाको हत्या गरी तीन जना फरार भए । अपरणमा संलग्न सरोज घोरासैनी र किशोर गिरीलाई अपराध महाशाखाको टोलीले थुनामा राखेर अनुसन्धान थालेको छ भने भारतमा रहेका प्रकाशलाई नेपाल ल्याउन प्रहरीले पहल थालेको छ । 

“रातारात धन कमाउने उद्देश्यका कारण अपहरणको बाटो रोजेको देखिन्छ,” महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, “अपहरण गरेर फिरौती रकम पचाउन सहज छैन, दुई महिनाको अवधिमा ४ वटा अपहरण तथा बन्धक बनाएर रकम फिरौतीका घटना भए, त्यसमा प्रहरीले सफल अनुसन्धान गरेको छ ।” 

उनले थपे, “यस्ता घटनामा प्रहरीसमेत संलग्न भएको देखियो । दुईजना नेपाल प्रहरीका सईलाई हामीले थुनामा राखेर अनुसन्धान जारी राखेका छौं ।” अभियुक्तको कल डिटेल हेर्न समस्या हुँदा अनुसन्धानमा अप्ठ्यारो परेको उनको गुनासो छ । अमात्यले अगाडि भने, “न्युरोडका व्यवसायी अपरहणमा संलग्न राधिका श्रेष्ठको हत्या भयो । जुन बेला प्रहरीलाई जानकारी आएको थियो, त्यो बेला अभियुक्तको टेलिफोन डिटेल हेर्न मिलेको भए त्यो घटना नहुन सक्थ्यो ।”

अपहरण तथा बन्धक बनाएर फिरौती माग्ने उपत्यकाका ४ वटै घटनाको सफल अनुसन्धान गर्ने अपराध महाशाखाका डीएसपी अजय केसीले भने, “अपहरणकारीले आफ्नो दोष लुकाउन अनेकौं उपाय अपनाएको भेटियो । अपहरण गरी फिरौती रकम लिएपछि घटना बाहिर आउने डरले प्रेमिकाको हत्यासमेत गरेको देखियो । त्यतिमात्र हैन, अनुसन्धान गर्ने प्रहरी नै अपहरणमा लागेको पनि भेटियो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक