March 24, 2017

सईदेखि जेलबाट छुटेकासम्म अपहरण धन्दामा

download (1)काठमाडौं । म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सईलाई महानगरीय अपराध महाशाखाले चैत २ गते काठमाडौंबाट नियन्त्रणमा लियो । व्यवसायी अपहरण गरी फिरौती रकम असुल्ने कार्यमा अपराध महाशाखाको स्याटलाइट युनिटमा कार्यरत सई सम्वद तामाङ र सूर्य थापा पक्राउ परे । उनीहरूले अन्य २ जनाको सहयोगमा म्यानपावर व्यवसायी बद्री राईलाई गएको माघ १ गते अपहरण गरेर फिरौती असुल गरेका थिए । 

उनीहरूले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको अनुसन्धानबाट खुल्यो । उनीहरूको समूहले म्यानपावर व्यवसायी राईलाई माघ १ गते कोटेश्वरबाट अपहरण गरेर एयरपोर्टस्थित बाजेको सेकुवामा लगेर ६ घण्टा बन्धक बनाएर फिरौती मागेका थिए । उनीहरूले राईसँग २५–२५ लाख दरका चारवटा चेक लिएर हिँडेका थिए । फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । अनुसन्धान गर्दै जाँदा मुख्य योजनाकार नै प्रहरी भएको तथ्य पत्ता लाग्यो । उनीहरूलाई प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । 

फागुन १८ गते काठमाडौंको बौद्ध क्षेत्रबाट नुवाकोटका विशाल तामाङ, नाङडुङ तामाङ, मनदोर्जे तामाङ अपहरणमा परे । नवलपरासी कारागारमा ठगीको कैद भुक्तान गरी काठमाडौं छिरेका दुर्गाबहादुर तामाङको ४ जनाको समूहले अपहरणमा परेकासँग नजिकिएर रमाइलो गर्ने बहानामा अपहरण गरी ६ लाख रकम फिरौती मागेको थियो । प्रहरीले परिवारको सहयोगमा उनीहरूलाई फागुन २१ गते काठमाडौंको खुसीबुबाट गोली चलाएर नियन्त्रणमा लियो । उनीहरूलाई पनि प्रहरी हिरासतमा राखी अनुसन्धान थालेको छ । 

लाजिम्पाटको मुकुल सहकारीकी अध्यक्षलाई छोरी अपहरण गर्ने धम्की दिएर १ करोड फिरौती माग गर्ने धादिङ जीवनपुरका विदुर पौडललाई पनि महाशाखाले फागुन १२ गते काठमाडौंको लैनचौरबाट पक्राउ गर्यो । फिल्म बनाउने पैसा जोहो गर्नका लागि उनले १ करोड रकम नदिए मार्ने धम्की दिन थालेपछि पीडितले महाशाखामा फागुन ११ गते उजुरी दिएका थिए । पक्राउ परेका पौडेल अहिले पुर्पक्षका लागि जेलमा छन् । 

राजधानीको न्युरोडस्थित मख्खन गल्लीमा साडी तथा कुर्तासुरुवालको कारोबार गर्ने श्यामसुन्दर अग्रवाल फागुन ५ गते अपहरणमा परे । उनलाई अपरण गर्ने मुख्य योजनाकार धादिङकी राधिका श्रेष्ठ थिइन् । उनी अग्रवालको पसलमा काम गर्ने कर्मचारी हुन् । राधिकालाई उनका प्रेमी प्रकाश लामिछानेले प्रयोग गरे ।

अग्रवालको अपहरणपछि फिरौती रकम लिएर पोल खुल्ने डरले राधिकाको हत्या गरी तीन जना फरार भए । अपरणमा संलग्न सरोज घोरासैनी र किशोर गिरीलाई अपराध महाशाखाको टोलीले थुनामा राखेर अनुसन्धान थालेको छ भने भारतमा रहेका प्रकाशलाई नेपाल ल्याउन प्रहरीले पहल थालेको छ । 

“रातारात धन कमाउने उद्देश्यका कारण अपहरणको बाटो रोजेको देखिन्छ,” महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, “अपहरण गरेर फिरौती रकम पचाउन सहज छैन, दुई महिनाको अवधिमा ४ वटा अपहरण तथा बन्धक बनाएर रकम फिरौतीका घटना भए, त्यसमा प्रहरीले सफल अनुसन्धान गरेको छ ।” 

उनले थपे, “यस्ता घटनामा प्रहरीसमेत संलग्न भएको देखियो । दुईजना नेपाल प्रहरीका सईलाई हामीले थुनामा राखेर अनुसन्धान जारी राखेका छौं ।” अभियुक्तको कल डिटेल हेर्न समस्या हुँदा अनुसन्धानमा अप्ठ्यारो परेको उनको गुनासो छ । अमात्यले अगाडि भने, “न्युरोडका व्यवसायी अपरहणमा संलग्न राधिका श्रेष्ठको हत्या भयो । जुन बेला प्रहरीलाई जानकारी आएको थियो, त्यो बेला अभियुक्तको टेलिफोन डिटेल हेर्न मिलेको भए त्यो घटना नहुन सक्थ्यो ।”

अपहरण तथा बन्धक बनाएर फिरौती माग्ने उपत्यकाका ४ वटै घटनाको सफल अनुसन्धान गर्ने अपराध महाशाखाका डीएसपी अजय केसीले भने, “अपहरणकारीले आफ्नो दोष लुकाउन अनेकौं उपाय अपनाएको भेटियो । अपहरण गरी फिरौती रकम लिएपछि घटना बाहिर आउने डरले प्रेमिकाको हत्यासमेत गरेको देखियो । त्यतिमात्र हैन, अनुसन्धान गर्ने प्रहरी नै अपहरणमा लागेको पनि भेटियो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि