नयाँ शक्ति जहिल्यै पनि चुनावको पक्षमा : डा बाबुराम भट्टराई

Naya-Shakti-National-capai-लहान, ९ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले गोरुभन्दा अगाडि गाढालाई राखेर उल्टो काम गरेको आरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले सुरु गरेको ‘हिमाल–पहाड–तराई-मधेस राष्ट्रिय अभियान’ अन्तर्गत बुधबार सिरहाको लहानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘अहिले निर्वाचन पहिले कि संशोधन पहिले भन्ने कुरामा विवाद भइरहेको छ, गाडा अघि बढ्नको लागि सहि अर्थमा गोरु अगाडि र गाडा पछाडि हुनुपर्छ’ उनले भने, ‘संघीयताको मुद्दा टुंग्याएर संविधान संशोधन गर्ने र त्यसपछि चुनाव गर्नुपर्छ । यो नै उपयुक्त र सुल्टो बाटो हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् ।  सबैले आ–आफ्ना हठलाई त्यागेर संविधान संशोधन गरी चुनावमा जानु उपयुक्त हुने सुझाव दिए । उनले मुलुकमा देशलाई तोड्न चाहने र जोड्न चाहने शक्तिहरुबीच संघर्ष चलिरहेकोले नयाँ शक्ति पार्टीले देशलाई जोड्न चाहेको जिकिर गरे ।

संयोजक भट्टराईले देश जोड्नका लागि सबैलाई समान व्यवहार गरेर सबै जातजाति भाषाNaya-Shakti-National-capaigभाषीलाई बराबर अधिकार दिनुपर्ने बताए । उनले इतिहासदेखि नै देशको निर्माण र रक्षा मधेशी समुदायहरुले नै गरेको तथ्य स्मरण गराउँदै मधेशी समुदायले विखण्डन होइन बरु देशको कार्यकारी प्रमुख बन्ने लक्ष राख्नुपर्नेमा जोड दिए । ‘मधेशी समुदायका मान्छेले नेपालको कार्यकारी प्रमुख बन्ने लक्ष्य राख्नुपर्छ र, त्यो अधिकार तपाईंहरुमा छ’ उनले भने ।

संघीयताको मुद्दा टुंगोमा पुर्‍एर मात्र चुनाव गर्नुपर्ने संयोजक भट्टराईको तर्क रहेको छ । नयाँ शक्ति जहिल्यै पनि चुनावको पक्षमा रहेकोले निष्पक्ष र धाँधरीरहित चुनावका लागि नयाँ शक्तिले ६ वटा पूर्वशर्तलाई अगाडि सारेकोसमेत बताए । मुलुकलाई निकास दिन सबै दल सम्मिलित राष्ट्रिय सरकार बनाउनुपर्ने र निर्वाचन खर्चलाई पारदर्शी बनाउनुपर्नेलगायतका मुद्दालाई अघि सारेर नयाँ शक्ति पार्टी नेपालले यो अभियान सुरु गरेको उनले स्पष्ट पारे ।

 

‘एकात्मक राज्यका पक्षपाती र पृथकतावादीहरु एकै सिक्काका दुई पाटा’
अहिले सरकारले संघीयताको मुद्दा र संविधान संशोधनको विषयलाई थाँती राखेर चुनावको कुरा गरेर संघीयता र राज्य पुनःसंरचनाको मुद्दालाई नै विषयान्तर गर्न खोजेको आरोप लगाउँदै उनले प्रश्न गरे, ‘नयाँ शक्ति पार्टीको स्पष्ट अडान संविधानले कल्पना गरेको संघीय संरचना, प्रदेश, स्थानीय तह, स्वायत्त क्षेत्र, विशेषाधिकार क्षेत्रको सीमांकन भएकै छैन, प्रदेशको सीमांकन हल भएकै छैन, यस्तो अवस्थामा चुनाव पहिले गर्छु भन्नु कसरी सुल्टो बाटो हुन्छ ?’

संयोजक भट्टराईले इतिहासको मूल्यांकन गर्दै राज्यको पुनःसंरचना गरेर नेपालका राष्ट्रिय एकता कायम राख्नुपर्ने र त्यसका लागि संघीयताको प्रवद्र्धन अपरिहार्य रहेको बताए ।
‘एकातिर एकात्मक राज्य राख्न चाहने प्रवृत्ति र अर्कोतिर पृथकतावादी प्रवृत्तिले पनि समस्या पारिरहेको छ’ संयोजक भट्टराईले भने, ‘यी दुई वटै एउटै सिक्काका दुई पाटा हुन्, जसले अन्ततः विखण्डनको बिउ रोपेका छन् । यसको समाधान संघीयताको उचित व्यवस्थापन नै हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले निर्वाचनको लागि उपयुक्त वातावरण नबनेको हुनाले सबैभन्दा पहिले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए । पञ्चायतकालमा र राजाको प्रत्यक्ष शासनकालमा पनि चुनाव भएको प्रसंग उल्लेख गर्दै सबैलाई नसमेटिने चुनावले समस्या समाधान गर्न नसक्ने बताए । उनले एमाले, कांग्रेस, माओवादीलगायतका पुराना राजनीतिक पार्टीहरु देशलाई निकास दिने सवालमा विफल भएकोले नयाँ शक्तिले एउटा वैकल्पिक शक्तिको रुपमा चुम्बकीय काम गरेको बताए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले यो देशलाई विखण्डन गर्ने कुत्सित चाहना राख्नेहरुलाई खबरदारी गर्न आफूहरु मधेश झरेको बताए । उनले नेपालमा आएको संघीयता र समावेशीताका मुद्दाहरु मधेशको योगदान भएकोले यसलाई कसैले खोस्न नसक्ने बताए । देशको विकासका लागि स्पष्ट नीति, नेतृत्व र त्यसलाई कार्यान्यन गर्ने उचित कार्यक्रम चाहिने भएकोले नयाँ शक्तिले त्यसलाई पूरा गरेको बताउनुभयो । देशलाई समृद्धिको बाटोमा लिएर जानका लागि नयाँ शक्तिका अभियन्ताहरु सक्रिय भएर अघि बढेको बताउँदै हिमाल, पहाड, मधेश एक भएर राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

सभामा नयाँ शक्ति पार्टी नेपालका नेता महेन्द्र पासवान, केशव दाहाल, रामकुमार शर्मा, गङ्गा श्रेष्ठ, लक्ष्मी चौधरी, डा राजेन्द्र केसीलगायतले मुलुकको समसमायिक राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक