काठमाडौं, ८ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना दलहरुले मुलुकमा पञ्चायती व्यवस्थाको पुनरावृत्ति गराउन लागेको आरोप लगाएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा भेटघाट पछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । स्थानीय निकाय निर्वाचन ऐन-२०७३ को दफा ५३७ मा भएको व्यवस्थाअनुसार निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई निर्वाचन चिन्हबाट वञ्चित गरी स्वतन्त्र निर्वाचन चिन्ह लिनुपर्ने बाध्यता सिर्जना गरेको भन्दै उनले यसलाई पञ्चायती व्यवस्था पुनरावृत्ति गर्ने प्रयासको संज्ञा दिए ।
‘लोकतान्त्रिक व्यवस्थाको विपरित आगामी निर्वाचनमा सहभागी हुने दलहरु जो संसदमा छैनन् उनीहरुलाई चुनाव चिह्नसहित निर्वाचनमा भाग लिन नदिने प्रावधान राखिएको रहेछ,’ उनले भने, ‘यसअघि संसदमा भएका पार्टीहरुले मात्र चुनाव चिन्हसहित चुनाव लड्न पाउने र अरुले स्वतन्त्ररुपमा चुनाव लड्नुपर्ने भन्ने रहेछ, यो निर्दलीय व्यवस्था अथवा पञ्चायती व्यवस्थाको पुनरावृत्ति हुन जान्छ ।’ उनले यस्तो व्यवस्था लोकतान्त्रिक व्यवस्थाको विरुद्ध हुन जाने तर्क गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो प्रावधानले कुनै नयाँ दल अगाडि आउन सक्ने सम्भावना सधैंका लागि रोकिने जिकिर गरे । उनले भने, ‘यो अत्यन्त गम्भीर विषय भएकोले यस विषयमा हामीले निर्वाचन आयोग र प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छौं ।’ उनले तत्काल अध्यादेश अथवा संविधान संशोधनमार्फत उक्त त्रुटि सच्याउन अनुरोध गरेको जानकारी दिए ।
‘हाम्रो दृढतापूर्वक माग के छ भने तत्काल संविधान संशोधन गरेर अध्याधेशमार्फत वा संसदबाट संविधान संशोधन गरेर यो त्रुटिलाई सच्याइनुपर्छ,’ उनले भने, ‘नत्र भने निर्वाचनको वातावरण बन्दैन ।’ उनले सरकारको यस्तो प्रयासले चुनाव नगर्ने षड्यन्त्रको प्रतिनिधित्व गर्ने दावी गरे । उनले भने, ‘सरकारले चुनाव घोषणाचाहि गर्ने तर चुनाव नगर्ने दिशातिर जान लागिरहेको त होइन ? भन्ने शंकालाई थप पुष्टि यसले गर्दछ ।’
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि
चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको