पेट्रोलियमको मूल्य घटाउन निगमले माग्यो वार्षिक १२ अर्बको कर छुट

af9a1206b9aa334d4b5760831a2b0b78-750x435काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउनका लागि सरकारसँग वार्षिक १२ अर्ब रुपैयाँ बराबरको कर छुट दिन माग गरेको छ । व्यवस्थापिका संसद्का उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मूल्य घटाउनका लागि पटक पटक दवाब दिँदै आएको जवाफस्वरुप निगमले वार्षिक १२ अर्ब बराबरको कर छुट दिन माग गरेको हो ।
निगमले सरकारले भन्सार महसुल, सडक सुधार खर्च, पूर्वाधार शुल्क र प्रदूषण शुल्कका नाममा लिंदै आएको कर छुट दिए आफू पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार रहेको बताएको छ ।

सरकारले पेट्रोलियम पदार्थबाट वार्षिक रुपमा भन्सार महसुलवापत ७ अर्ब ३४ करोड, सडक सुधार खर्चवापत २ अर्ब ९२ करोड, पूर्वाधार शुल्क वापत १ अर्ब ५० करोड र प्रदूषण शुल्क वापत ५९ करोड रुपैयाँ कर उठाउँदै आएको छ ।

नेपाल आयल निगमको संचालक समितिको अध्यक्ष रहेका आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले उल्लेखित चार शिर्षकमा कर नलिइए मूल्य घटाउन सकिने अन्यथा मूल्य नघटाउने बताए ।

चार शीर्षकमा पेट्रोलमा प्रतिलिटर २४ रुपैयाँ ७३ पैशा कर लिने गरेको सरकारले भ्याटवापत प्रतिलिटर ११ रुपैयाँ ६८ पैसा उठाउने गरेको छ ।सरकारले खाना पकाउने एल पीजी ग्यासमा प्रतिसिलिण्डर १ सय ५४ रुपैयाँ ५० पैसा भ्याट तथा ६१ रुपैयाँ ९६ पैसा भन्सार शुल्क लिने गरेको छ ।

निगमले अहिले ग्यासमा प्रतिसिलिण्डर २ सय ९१ रुपैयाँ ५१ पैसा घाटा व्यहोर्दै आएको छ । निगमले केही दिन पहिले ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज

आठ महिनापछि ट्रायल पास गरेको ३ देखि ७ दिनभित्रमा लाइसेन्स पाइने

१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको

जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : अध्यक्ष थापा

१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका

ठगीको आरोपमा सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ

१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ

मदिरा सेवन गरेर बाटो सिधा भएर हिँड्न नसक्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन : अध्यक्ष ओली

१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने

कानुनी मान्यता विपरीत राष्ट्रपतिले परराष्ट्र सल्लाहकार नियुक्त गर्न मिल्दैन : नेता पन्त

१२ चैत,काठमाडौँ। नेकपा(एमाले)का नेता एवं सांसद रघुजी पन्तले कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति