मौसममा सुधार आउने

mausam1काठमाडौँ, ७ चैत । पश्चिमी वायुको प्रभावले केही दिनदेखि अवरुद्ध मौसममा मङ्गलबारदेखि क्रमिक रुपमा सुधार आउने भएको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको सम्मिश्रणले मौसम बदली भई काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा यसको असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले देशका अधिकांश भेगमा बदली गराउनाका साथै काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

तीन दिनदेखि अवरुद्ध मौसम मङ्गलबारदेखि सुधारमा आउने मौसमविद् समिर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

महाशाखाका अनुसार आज खासगरी देशका पूर्वी तराई भेगमा बाक्लो बादल तथा चट्याङसहितको वर्षात् भएको तथा केही पहाडी जिल्लामा बदली भएको छ । त्यस्तै पश्चिमका नवलपरासीलगायत क्षेत्रमा हल्का वर्षा भएको छ । मनसुनपूर्वको मौसम भएकाले पनि मौसम बदली र हल्का वर्षाको सङ्केत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि