March 15, 2017

१३ किलोमिटर सडकमा ६ वटा अन्तरिम आदेश

चैत २, काठमाडौं – काठमाडौं सडक विस्तार आयोजनाले त्रिपुरेश्वर–कलंकी–नागढुंगा (१३.४ किमि) सडक विस्तार गर्न ११ मिटर दायाँबायाँभित्र पर्ने संरचना भत्काउन थालेपछि छुट्टाछुट्टै ठाउँका बासिन्दाले सर्वोच्चमा ६ वटा रिट हाले । ६ वटै अन्तरिम आदेश आएपछि निर्माण ठप्प छ । आजको नयाँ पत्रिकामा खबर छ ।

चाबहिल–जोरपाटी–साँखु सडकमा पनि आदेश
काठमाडौं सडक विस्तार आयोजनाले ११–११ मिटर दायाँबायाँभित्र पर्ने संरचना भत्काउन थालेपछि डाँछीका बासिन्दाले समिति गठन गरेर सर्वोच्चमा मुद्दा हाले । अदालतले तत्काल निर्माण रोक्न आदेश दिएपछि ९५ करोडको आयोजना ठप्प छ ।

चोभार–दक्षिणकाली सडकमा पनि अदालत
भारतीय एक्जिम बैंकको सहयोगमा चोभार–दक्षिणकाली सडकखण्ड निर्माणाधीन छ । यस क्रममा स्थानीयले सर्वोच्चमा मुद्दा हाले । सर्वोच्चले आदेश दियो, ‘सडक विस्तारको काम तत्काल रोक्नू ।’ आदेशपछि निर्माण कार्य पनि रोकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित