मंगल बार गणेशको विशेष पूजा आरधना गरे जीवन भर सुख शान्ति मील्ने, कारण छ पढ्नुस ।

मंगलबार गणेश मन्दिरहरुमा अझ बढी भिड लाग्ने गर्दछ ।received_1514183341927854 हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले गणेशलाई पुञ्ने गर्दछन् । गणेश शब्दको उत्पत्ति गण ं ईश मिलेर बनेको हो ।

जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी हुन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेशलाई मानिन्छ ।मंगलबार बिहानैदेखि भक्तजनहरु आफैले घरमा चोखो गरि तयार पारिएको २१ तथा १०८ वटा तिलको लड्डु र २१ सुते बत्ती बाल्ने प्रचलन छ ।

लड्डु गणेश भगवानको सबैभन्दा मन पर्ने खाने कुरा हो । गणेश भगवानलाई प्रशन्न पार्न तिलको लड्डु, दुबो चढाउने प्रचलन छ । मनोकामना पूर्ण गरिदिने अर्थात गर्न लागेको एवम् गरी सकेका कार्य समेत सिद्ध हुने जनविश्वास रहि आएको छ ।

हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ ।

भगवान गणेशका पिता शंकर र माता पार्वती हुन् । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल ९जो खरानी घसेर जम्मा भएको थियो० एकत्र गरिन् ।

भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकामा राखि आफु भित्र बसिन् ।

यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी थिइन् ।

तर, माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे । बाहिरबाट कोही आएमा भित्र प्रवेश गर्न न दिने भए । यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेन ।

अन्तमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालकको शिर काटेर अलग गरी भित्र प्रवेस गरे । भित्र गएर माता पार्वती सँग भने ‘आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ ।

यसो सुनेर माता पार्ववी त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन् । यो देखेर भगवान शिवलाई पनि दुस्ख लाग्यो उनले भगवान बिष्णुलाई भने ‘मैले बालकको टाउको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ ।’

यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको लिएर आए । त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाइदिए । त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो । पछि उनै बालकको नाम गणेश रहन गएको हो ।

नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जातहुने, पुजा गर्ने तिथि, मिति , विधि, विधानमा एकरुपता पाइन्छ ।

तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ । डोटी बोगटानमा धिरगाणी ,गणेश भनिन्छ । डडेल्धुरामा गन्याप लाटो, बडालको लाटो देवताभनिन्छ । दार्चुलामा लटिनाथ ,गणेश  भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने