२५ रुपैया ग्यासको मूल्य बढाउँदा पनि मासिक ५३ करोड घाटा-मन्त्री बोहोरा

gas-1काठमाडौं – आपूर्ति मन्त्री दिपक बोहोराले सरकारले बाध्य भएर एलपी ग्याँसको मूल्य बढाउनु परेको बताएका छन् ।

मन्त्री बोहोराले सरकारले प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि गर्दा पनि महिनामा ५३ करोड घाटा व्यहोर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।
सरकारले शुक्रबार राति खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएकोमा सर्वत्र बिरोध भईरहेको छ । मन्त्री बोहोराले प्रतिसिलिन्डर एलपी ग्याँसको मूल्य २५ रुपैयाँ बढाउँदा पनि सरकारले महिनामा ५३ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको बुझिदिन अधिकारकर्मीहरुलाई पनि आग्रह गरे ।

आपूर्ति मन्त्रालयले अहिले पनि एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ५ रुपैयाँ घाटा व्यहोर्नु परेको जनाएको छ ।

अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजना गरेर अघि बढनुको कुनै विकल्प नरहेको सरकारको दावी छ ।

यता अधिकारकर्मीहरुले भने नेपाल आयल निगम भित्र वित्तिय अनुशासन कायम नभएका कारण उपभोक्ता चर्को मारमा पर्ने गरेको आरोप लगाउँदै आएका छन । पछिल्लो समय राजधानीमा पेट्रोलियम पदार्थको समेत अभाव देखिएको छ ।

निगमसँग पर्याप्त भण्डारण नभएको बुझेका उपभोक्ताले आफैं इन्धानको जोहो गर्न लागेका कारण बजारमा इन्धन अभाव भएको आयल निगमको बुझाई छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको भन्दै निगमले प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १३ सय ७५ रुपैयाँ पु¥याएको  छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि