आजको पत्रपत्रिकामा: निर्वाचन आयोगको व्यस्ततादेखि शहीद गोविन्द गौतमको अन्त्येष्टिसम्म

patrapatrika-bimal-1-1३० फागुन, काठमडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा निर्वाचन आयोगले दिएका निर्देशनहरुदेखि भारतीयको गोली लागेर शहीद भएका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएकोसम्मका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमालाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै, पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यानसर र एड्स भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
भारतविरोधी नारासहित शहीद गोविन्द गौतको अन्त्येष्टि भएकोलाई अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य समाचार बनाएको छ । सहकारीले घरबासै उठिबास लगाएको स्टोरी पनि प्राथमिकताका साथ प्रकाशित छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जनुहुने भएको छ । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नुहुने खबर आजको नेपाल समाचारपत्रमा छ

निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्नुहुने उहाँका प्रस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।

‘पूर्व जर्नेल र कर्नेललाई अबकाशपछि पनि मस्ती’ हुने भन्दै नागरिक दैनिकले महत्वका साथ समाचार छापेको छ । त्यस्तै पर्यटनमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै कर्मचारीहरुलाई आधा अर्ब बोनस बाँडेको समाचारले पनि महत्व पाएको छ ।

कान्तिपुर दैनिकमा निर्वाचन आयोगले चैत ३ गतेभित्रै स्थानीय तहमा कर्मचारी पठाउन निर्देशन दिएको समाचारले प्राथमिकता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संविधान संशोधनपछि मात्रै निर्वाचन हुने बताएको समाचारले पनि महत्व पाएको छ ।

निर्वाचन आयोगको व्यस्तता बढेको समाचारलाई महत्व दिएको राजधानी दैनिकले सिन्धुपाल्चोकमा दुई वर्षमा २२ घर मात्रै बनेको समाचारलाई एंकर बनाएको छ । संविधान संशोधन गर्न तिव्र प्रयास भएको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि