२९ फागुन, भैरहवा । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार ‘अलिच्छिनी’ भएको बताएका छन् । यो सरकार बनेदेखि नै गाडी दुर्घटना भएको भन्दै ओलीले आमसभामा भने(कस्तो अलच्छिनी सरकार १’
मेची(महाकाली राष्ट्रिय अभियान लिएर आइतबार भैरहवा पुगेका प्रमुख विपक्षी दल एमालेका शीर्ष नेताहरुले प्रचण्ड सरकारसँगै मधेसी मोर्चाको पनि चर्को आलोचना गरेका छन् । यतिसम्म कि एमाले अध्यक्ष ओलीले सवारी दुर्घटना पनि प्रचण्ड सरकारकै कारण भएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै उलच्छिनी सरकार १’
उनले मधेसी मोर्चामाथि केही मानिस मराउने र त्यसमाथि राजनीति गर्ने गरेको आरोप लगाए । सप्तरीमा पनि त्यस्तै भएको भन्दै उनले भने, ‘तथाकथित मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्तको स्थिति बनायो ।’
संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने भन्दै ओलीले भने, ‘भत्ता लिने, गाडी चड्ने अनि संविधान मान्दिन भन्ने । नकचरोको पनि हद हुन्छ नि रु’
‘नयाँ शक्ति बुद्धि विग्रिएकाहरुको समूह’
एमाले अध्यक्ष ओलीले नयाँ शक्ति नेपाललाई बुद्धि बिग्रिएकाहरुको समूहको संज्ञा दिएका छन् । नयाँ शक्ति नामको २र४ जनाको समूहले एमाले मुक्त अभियान भनेको भन्दै उनले भने, ‘बुद्धि बिग्रिएका भ्रष्ट बुद्धिजिवीहरुको संगठन ।’
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि