वाग्मती सफाइ नेपाली सभ्यताको पुनर्जागरणः संयोजक भट्टराई, बाग्मती सफाइ अभियानको २०० औं हप्ता

Bagmati_safai_abhiyan_1काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बाग्मती सफाइ महाअभियानलाई नेपाली सभ्यताको पुनर्जागरणको संज्ञा दिनुभएको छ ।

‘राष्ट्रको ठूलो अभियानमा सहभागी बनांै’ भन्ने मूल नाराका साथ सुरु भएको बाग्मती सफाइ महाअभियानले २०० औं हप्ताको बाग्मती पदयात्रामा बोल्दै डा. भट्टराईले बाग्मती सफाइ अभियानलाई हाम्रो पहिचान र सभ्यतासँग जोड्नु भएको हो ।

‘वाग्मती भनेको नेपाली सभ्यताको पहिचान हो जननी हो’, उहाँले भन्नुभयो –‘यसलाई सफा र जिवीत राख्न सकेनौं भने हाम्रो नेपाली सभ्यता पनि ठूलो संकटमा पर्न सक्छ’
वाग्मती सफाइ अभियानलाई सामान्य भौतिक सफाइ अभियान मात्र नभएको भन्दै संयोजक भट्टराईले नेपाललाई समृद्ध बनाउने सपनाको शुरूवात बाग्मती सफाइबाट हुनुपर्ने धारणा राख्नुभयो । ‘आज भन्दा ४ हजार बर्ष पहिले बनेको बाग्मतीको किनारमा हाम्रो जग पहिचान बनेको छ’ उहाँले भन्नुभयो ।

नेता भट्टराईले आफू प्रधानमन्त्री हुँदा यसमा केही ईंट्टा थप्ने प्रयत्न गरेको र अहिले २०० औं हप्तासम्म आइपुग्दा पहिले भन्दा स्वच्छ भएकोमा आफुलाई गर्व लागेको पनि बताउनु भयो । भट्टराईले यसलाई काठमाडौंको मात्र नभई नेपाली सभ्यता कै रक्त सञ्चार गर्ने स्थल भएको हुनाले यसलाई हामी सबै मिलेर सफाईमा सहभागी बन्नसमेत आह्वान गर्नुभयो ।

संयोजक भट्टराईले नेपालको पुनर्जागरण, पुननिर्मान अभियानलाई बाग्मती अभियानको रुपमा निरन्तर अघि बढाउन सबैमा आग्रह गर्नुभयो ।

निरन्तर वर्षाको कारण मौसम प्रतिकूल रहेको सफाई अभियानमा नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पौडेल, हिसिला यमी, केशव दाहाल, गंगानारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो भने विभिन्न सामाजिक संघसंस्था, क्लब, विद्यालय, महानगर वडा कार्यालय, राजनीतिक दल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सफाइ अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

वाग्मती सफाइ पदयात्रा सुन्दरीजल र चोभारबाट एकैसाथ सुरु गरी शंखमूलसम्म रहने वाग्मती सफाइ महाअभियानले जनाएको छ । सफाइ अभियानमा उपस्थित अभियन्ताहरुले सामूहिक रुपमा वाग्मती नदी सफा गर्न सक्छु भनेर सपथसमेत खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग