काठमाडौं,फागुन २९ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नयाँशक्ति पार्टीका प्रमुख बाबुराम भट्टराई एकैसाट यो साता भारत भ्रमणमा जान लागेका छन् । सत्तारुढ भारतीय जनता पाटीृका नेताहरुद्वारा सञ्चालित थिंक ट्यांक ‘इन्डिया फाउन्डेसन’ ले नयाँदिल्लीमा आयोजना गर्न लागेको ‘प्रतिआतंकवाद सम्मेलन २०१७’ मा सहभागी हुन उनीहरु जान लागेका हुन् ।
गृहमन्त्री निधि सोमबार र पूर्वप्रधानमन्त्री भट्टराई मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछन् । सम्मेलनमा निधिलाई वक्ताका रुपमा निमन्त्रणा गरिएको छ भने भट्टराईलाई सम्मेलनको ‘स्पेशल सेसन टु’ मा मुख्य वक्ताको रुपमा डाकिएको छ ।
उनले माओवादी विद्रोहदेखि शान्तिपूर्ण राजनीतिमा माओवादी प्रवेश गर्दाको अवस्थाबारे प्रवचन दिने बताइएको आजको अन्नपूर्ण पोस्टमा खबर छ । निधिले प्रतिआतंकवादका सवालमा नेपालको धारणा राख्नेछन् । उनले नेपाल र भारतबीचको प्रतिआतंकवादसम्बन्धी सहकार्य कसरी बलियो पार्ने भन्नेबारे बोल्नेछन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित