March 11, 2017

नेपाली अखबारमा आजः भारतीय ज्यादतीको चौतर्फी विरोध

patrapatrika-bimal-1-1

 

२८ फागुन, काठमाडौं । कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर नेपाली युवाको मृत्यु भएको विरोधमा चौतर्फी प्रदर्शन भएको समाचारलाई शनिबार प्रकाशित राष्ट्रिय दैनिक अखबारहरुले प्राथमिकता दिएका छन् । त्यस्तै, नयाँ स्थानीय संरचनाअनुसार ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएको समाचारलाई पनि अखबारहरुले महत्वका साथ प्रकाशित गरेका छन् ।

कञ्चनपुर घटनाबारे नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट दिएपछि भारतले मृतक गोविन्द गौतमको पोस्टमार्टम रिपोर्ट मागेकोलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै, स्थानीय तहमा १५ दिनभित्र कार्यकारी अधिकृत पुग्ने समाचारलाई पनि नयाँ पत्रिकाले महत्वपूर्ण स्थान दिएको छ ।अन्नपूर्ण पोस्ट् दैनिकमा कञ्चनपुर घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको समाचारले प्राथमिकता पाएको छ । स्थानीय तहमा एउटै राजस्व प्रणाली लागू हुने समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएको छ ।

नेपाल-भारत सीमानामा बल्झिरहने घाउलाई नागरिक दैनिकले आवरण कथा बनाएको छ । त्यस्तै मधेस आन्दोलन ‘साम्प्रदायिक’बाट वैचारिकतिर लागेको विश्लेषणात्मक समाचारले प्राथमिकता पाएको छ ।

एसएसबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतम सहिद घोषणा भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले मूलपानी क्रिकेट मैदान निर्माण मुआब्जा विवादमा अल्झएकोलाई एंकर बनाएको छ ।

कञ्चनपुर गोली काण्ड नेपालको भूमि मिच्ने भारतीय दाउ भएको भन्दै कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ । गोरखापत्र दैनिकले देशभार ७४४ स्थानीय तह लागू भएको समाचारलाई महत्व दिएको छ । मतपत्र छपाईका लागि सेना परिचालन भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले प्राथमिकताका दिएर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना