काठमाडौं, २७ फागुन । नेपाल भारत सीमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको सिमानामा स्थायी पर्खाल निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
भारतीय पक्षले सिमानाको जंगे पिल्लर हटाएर नेपाली भुमि मिच्ने गरेकोले सिमानामा स्थायी पर्खाल लगाउनुपर्ने सिमाविद् श्रेष्ठको भनाई छ ।
एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै सिमाविद् बुद्धिनारायण श्रेष्ठ र नेकपा एमालेका नेता एवं सांसद यज्ञराज सुनुवारले नेपाल भारत सिमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको सिमानामा स्थायी पर्खाल निर्माण गर्नुपर्ने बताएका हुन् । बारम्बार भारतीय पक्षबाट नेपाली भुमि मिच्ने काम भए पनि नेपाल सरकार निरिह भएको उनीहरुको भनाई छ ।
भारतीय पक्षले सिमानाको जंगे पिल्लर हटाएर नेपाली भुमि मिच्ने गरेकोले सिमानामा स्थायी पर्खाल लगाउनुपर्ने सिमाविद् श्रेष्ठको भनाई छ । एमाले नेता सुनुवारले भने सिमानामा भारतीय सुरक्षा फौजबाट एक नेपाली नागरिको मृत्यु हुदासमेत सरकार निरिह बनेको आरोप लगाए । सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि सबै दलहरुले एउटै धारणा बनाउनुपर्ने उनको भनाई छ
विहिबार कञ्चनपुरको पुनर्वासस्थित आनन्द बजारमा नेपाली भुमिमा निर्माणाधिन कल्भर्टको विषयलाई लिएर भारतीय पक्षले हस्तक्षेप गरेपछि बढेको विवादमा भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो ।
नेपाल भारतबीचको १८ सय ८० किलोमिटरको खुल्ला सिमानामा बारम्बार भारतीय पक्षबाट नेपाल भुमि मिच्ने एवं नेपालीमाथि ज्यादती हुने गरेको घटना सार्वजनिक हुने गरेको छ ।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक