४ लाख घूस लिँदालिँदै काठमाडौं जिविसका नासु अख्तियारको फन्दामा

ghushकाठमाडौं, २७ फागुन – चार लाख घूस लिँदालिँदै काठमाडौं जिल्ला विकास समितिका नायव सुब्बा (नासु) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिविसका नासु गोवर्धन खड्कालाई घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

खड्कामाथि अध्याय ट्रेड एण्ड सप्लायर्स, जोरपाटीका कर्मचारीसँग बालुवा गिटीको कर उठाउने क्रममा प्रयोग गरिने विलको प्याड नमिलेको र सो मिलाउन स्थानीय विकास अधिकारी र योजना अधिकृतलाई मासिक एक लाख रुपैयाँ वा एकमुष्ट पाँच लाख रुपैयाँ दिनुपर्छ भनी दुःख दिएको उजुरी परेको थियो ।

त्यस्तै, उनीमाथि अन्य काममा समेत आलटाल, ढिलासुस्ती गरेको लगायतका उजुरी थियो ।

उजुरीका आधारमा शुक्रवार आयोगको कार्यालयबाट खटिएको टोलीले नासु खड्कालाई सेवाग्राहीबाट चार लाख घुस लिंदै गरेको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग