काठमाडौँ, २७ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सप्तरीको घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनका सांसद्हरुले रोष्टम घेराउ गरेका छन् ।
बैठक आरम्भ हुनासाथ सभामुखसँग समय लिएर सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले फागुन २३ गते सप्तरीमा भएको झडपमा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएको सम्बन्धमा निन्दा गर्दै सुरक्षाकर्मीले कम्मर र टाउकोमाथि गोली प्रहार गरेर अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।
सो सम्बन्धमा दोषीमाथि कारबाहीको माग गर्दै आफूहरुले घेराउ गर्ने जानकारी गराएपछि मोर्चाका सांसद्हरु रोष्टम घेर्न पुगेका थिए । मोर्चाको घेराउ र नाराबाजीबीच बैठकको शून्य समय सुरु भएको छ ।
नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध नियन्त्रण गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । राईले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलबाट भएको हस्तक्षेपका सम्बन्धमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभयो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन