काठमाडौँ, २७ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सप्तरीको घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनका सांसद्हरुले रोष्टम घेराउ गरेका छन् ।
बैठक आरम्भ हुनासाथ सभामुखसँग समय लिएर सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले फागुन २३ गते सप्तरीमा भएको झडपमा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएको सम्बन्धमा निन्दा गर्दै सुरक्षाकर्मीले कम्मर र टाउकोमाथि गोली प्रहार गरेर अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।
सो सम्बन्धमा दोषीमाथि कारबाहीको माग गर्दै आफूहरुले घेराउ गर्ने जानकारी गराएपछि मोर्चाका सांसद्हरु रोष्टम घेर्न पुगेका थिए । मोर्चाको घेराउ र नाराबाजीबीच बैठकको शून्य समय सुरु भएको छ ।
नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध नियन्त्रण गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । राईले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलबाट भएको हस्तक्षेपका सम्बन्धमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभयो ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा