आज छापिएका पत्रपत्रिकाहरुका मुख्य समाचारहरु:भारतीय सुरक्षाकर्मीको ज्यादतीदेखि जाजरकोटको बस दुर्घटनासम्म

patrapatrika-bimal-1-1-450x350

काठमाडौं – सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्ता बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन सरकारले प्रत्यारोपणलाई निःशुल्क बनाउने भएको हो,’ मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री थापाले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

उनले दुई सय रुपैयाँमा सरकारी अस्पतालमा मिर्गौलाको परीक्षण गर्न सकिने भन्दै वर्षमा एकपटक सबैले मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिए । ‘सधैँभरि निःशुल्क उपचार गर्न सकिँदैन, मन्त्री थापाले भने, ‘निःशुल्कका नाममा खर्च भएको रकम पनि कसै न कसैले तिरेको छ । त्यसैले नागरिक आफ्नो स्वास्थ्यप्रति सदैव उत्तरदायी बन्नुपर्छ । जसले गर्दा रोग लाग्नबाट बच्न सकियोस् ।’

मन्त्री थापाले काठमाडौंमा मात्रै डाइलासिस सेवा सञ्चालनमा रहँदा उपत्यकाबाहिरका नागरिक मिर्गौला रोगको उच्च जोखिममा रहेको भन्दै सेवालाई विस्तार गर्ने बताए । उनले कानुनी बाधाका बीचमा पनि चाँडै काठमाडौंबाहिरका अञ्चल अस्पतालबाट डाइलासिस सेवा सुरु गर्ने जानकारी दिए ।सेवा सुरु गर्न प्रत्येक अञ्चल अस्पताललाई आवश्यक उपकरण किन्न रकम पठाइसकेको उनले बताए । त्यसका लागि दुई हजार स्वास्थ्य चौकीमा मिर्गौला परीक्षण गर्ने उपकरण किन्ने तयारी भइरहेको उनको भनाइ थियो ।

बिरामीका लागि निःशुल्क बस सेवा स् मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीहरूको आवत–जावतलाई ध्यानमा राखेर बिहीबारबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । उपत्यकामा गाडीको चाप र रातको समयलाई मध्यनजर गर्दै केन्द्रले ३० सिट क्षमता भएको बस सञ्चालनमा ल्याएको हो । श्रेष्ठका अनुसार सो बसले बिरामीलाई अस्पताल ल्याउने र अस्पतालबाट घर पठाउँदा सेवा दिने गर्दछ । ‘हामीले मिर्गौला बिरामीको स्वास्थ्य अवस्था हेरेर एउटा बस निःशुल्क सञ्चालनमा ल्याएका छौँ । यसले बिरामी अस्पतालमा ल्याउने र घर पु¥याउने काम गर्र्दछ,’ श्रेष्ठले भने, ‘रातको समयमा बिरामी डिस्चार्ज हुँदा र अरू समयमा पनि गाडी नपाएर बिरामी बिचल्लीमा परिरहेका हुन्छन् । सोही कारण निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हौँ ।’

केन्द्रले पहिलोपटक स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । यसै वर्षबाट सुरु भएको स्वास्थ्य पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका अतुल मिश्रलाई प्रदान गरिएको छ । विगत दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाएको भन्दै स्वास्थ्यमन्त्री थापाले २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

मिर्गौला रोगको मुख्य कारण मोटोपन स् चिकित्सकहरूका अनुसार मिर्गौला रोगको मुख्य कारण मोटोपन हो । मोटोपनले मानिसको स्वास्थ्यमा जोखिम बढाउने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।पुकारचन्द्र श्रेष्ठको भनाइ छ । मुटु, उच्च कोलेस्ट्रोल, श्वासप्रश्वासमा समस्या, कलेजोमा बोसो जम्ने, पित्तथैलीको रोग, हाडजोर्नी खिइँदै जाने, मोटोपन भएकामा क्यान्सर हुने, मानसिक समस्याको कारण पनि मोटोपनले नै गर्ने उनले बताए । ‘सामान्य तौल भएका मानिसमा भन्दा बढी तौल भएकामा मिर्गौला फेल हुने सम्भावना चार गुणाले बढी हुने भएका कारण मोटोपन घटाउनु जरुरी छ,’ श्रेष्ठले भने ।

नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिकाले फ्रन्टपेजमा छापेका छन् । भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो ।

२७ फागुन, काठमाडौं । नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिकाले फ्रन्टपेजमा छापेका छन् । भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो ।
त्यस्तै, जाजरकोटमा भएको बस दुर्घटनमा २६ जनाको मृत्यु भएको समाचार पनि सबै पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने फरक(फरक छापिएको छ । मन्त्रीपरिषद् विस्तार भएको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

यससँगै नयाँ पत्रिका दैनिकले गोरखाकी ७० वर्षीया कुकमाया चेपाङले नागरिकता पाएको समाचारलाई प्राथमिकता दिएको छ । आइतबारदेखि नयाँ स्थानीय संरचना कार्यान्वयन हुने समाचारलाई नागरिक दैनिकले महत्व दिएको छ ।

राजधानी दैनिकले चैत १० गतेभित्रै मतदान केन्द्र निर्धारण हुनेलाई एङ्कर न्यूज बनाएको छ । मिर्गौला प्रत्यारोपण वैशाखदेखि निशुल्क हुने समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।
2C0A9511

त्यस्तै, जाजरकोटमा भएको बस दुर्घटनमा २६ जनाको मृत्यु भएको समाचार पनि सबै पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने फरक(फरक छापिएको छ । मन्त्रीपरिषद् विस्तार भएको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

यससँगै नयाँ पत्रिका दैनिकले गोरखाकी ७० वर्षीया कुकमाया चेपाङले नागरिकता पाएको समाचारलाई प्राथमिकता दिएको छ । आइतबारदेखि नयाँ स्थानीय संरचना कार्यान्वयन हुने समाचारलाई नागरिक दैनिकले महत्व दिएको छ ।

राजधानी दैनिकले चैत १० गतेभित्रै मतदान केन्द्र निर्धारण हुनेलाई एङ्कर न्यूज बनाएको छ । मिर्गौला प्रत्यारोपण वैशाखदेखि निशुल्क हुने समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।

गोरखा मकैसिङ–१ पाङखोलाका सुनबहादुर चेपाङको बिहीबार बिहान श्रीमती कुकमायालाई फकाउनमै बित्यो । करिब ३५ वर्षदेखि अर्धनग्न बस्दै आएकी श्रीमतीलाई नागरिकता बनाउन जानका लागि उनले बिहान ११ बजेसम्म जोडबल गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

मान्छे धेरै जम्मा भएको ठाउँमा जान कुकमाया मान्दै मानिनन् । श्रीमतीको नागरिकता बनाउन श्रीमान् सुनबहादुरले विभिन्न बहाना बनाए । ‘मान्दै मानिनन्, बजार लगेर टन्न मीठो–मीठो खानेकुरा खुवाउँछु भनेर नागरिकता बनाउन यहाँ ल्याएँ,’ सुनबहादुरले भने । बिहीबार जिल्ला प्रशासन कार्यालयले मकैसिङ–२ बुटारमा घुम्ती शिविर आयोजना गरेको थियो ।

७० वर्षसम्म मान्छेको भीडभाड नदेखेकी कुकमायालाई नागरिकता नबनुन्जेल त्यहाँ बस्न निकै सकस भएको थियो । कपाल जिङग्रिंग भएकी र कालो रङको फरिया मात्र लगाएकी कुकमायालाई हेर्नेको संख्या बढ्दै गएपछि उनी आत्तिन्थिन् । ‘मेरी आमा पुल तर्न मान्नुहुन्न, ठूलो मान्छेको खालमा पनि बस्नुहुन्न, कि घर, कि पखेराबाहेक अहिलेसम्म आमाले अरू देख्नु पनि भएको छैन,’ दीपकले भने ।

३५ वर्षदेखि कुकमाया शरीरमा पूरा कपडा पनि लगाउन मान्दिनन् । बिहीबार उनलाई प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको हातबाट नागरिकता वितरण गरियो । नागरिकता समात्न नमानेपछि उनलाई बिस्कुट दिएर फकाउनुपर्यो‍ । नागरिकता नहुँदा उनले वृद्घभत्ता पाउन सकेकी थिइनन् । नागरिकता बनाउँदा हुने फाइदा थाहा नपाउँदा चेपाङ समुदायका कतिपय वृद्घवृद्घाले नागरिकता नबनाउने गरेको ताङलीचोक गाविसका सचिव सूर्यबहादुर बरालले बताए । बिहीबार घुम्ती शिविरबाट ३२ जनाले नागरिकता बनाए । तीमध्ये अधिकांश चेपाङ समुदायका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड