March 9, 2017

प्रहरीसँगको मिलेमतोमा सीमामा तस्करी , कसरी हुन्छ सेटिङ ?

रुपन्देही । रुपन्देहीको भारतीय सीमा नाका बेलहिया क्षेत्र आसपासबाट नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको छ । सीमा सुरक्षा, तस्करी र सीमा अपराध नियन्त्रणमा खटिएका प्रहरीहरुसँगको मिलोमतोमा तस्करी बढेको हो । सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बेलहियामा नयाँ प्रहरी प्रमुख आएसँगै तस्करहरुले अवैध कार्यहरुलाई बढावा दिएका हुन् । नेपाल भारत सीमा नाका बेलहिया र यसको आसपास, भैरहवा भन्सार कार्यालय पछाडि, कोटियामाई मन्दिरको पूर्वी क्षेत्र बगाहा र पक्लिहवा क्षेत्रबाट अहिले तस्करहरुले तस्करी गरिरहेको खुलेयाम देख्न सकिन्छ ।

भारतीय बजारमा सस्तो र नेपाली बजारमा महँगो पर्ने सामानहरु अहिले भन्सार छली भएर नेपाल भित्रिरहेको व्यापारीहरु बताउँछन् । अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै चिनी, कस्मेटिक, तयारी पोषाक, सूर्तीजन्य पदार्थ, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयरका सामानहरु, किरानाका सामानहरु, कपडा, खाद्यान्न, इलेक्ट्रोनिकका सामानहरु र सुटिङ, सटिङका सामानहरु खुलेआम तस्करी हँुदै नेपाल भित्रिरहेको छ ।

पदमार्गबाट नेपाल आउन प्रतिबन्ध गरिएको पंक्षीजन्य कुखुरा र तीनका चल्ला समेत अहिले रुपन्देहीको सिमाक्षेत्रबाट तस्करी हुँदै नेपाल आईरहेको छ । बेलहिया नाकाबाट जसरी भारतबाट नेपालतर्फ अवैध रुपमा सामानहरु आइरहेको छ, त्यसरी नै नेपालबाट समेत बेलहिया नाका हुँदै फलफुल स्याउ, कवाड र कवाडको भित्र राखेर विभिन्न चाइनिज समानहरु भारततर्फ तस्करी भैरहेको खुलेआम देख्न सकिन्छ ।

उक्त नाकाबाट यसरी १ दर्जन भन्दा बढी तस्करहरुले काम गरिरहेका छन् । जसले इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुखलाई मासिक, साप्ताहिक र दैनिक नगद बुझाउने गरेका छन् । तस्करसँगको प्रहरी सेटिङ मिलाउने काम गर्नका लागी समेत प्रहरी जवानहरु खटिएको स्थानिय राम केवट बताउँछन् ।

इलाका प्रहरी कार्यालय बेलहियाले अहिले असई खडानन्द यादव र प्रहरी जवान विरेन्द्र चौहानलाई तस्करसँग सेटिङ मिलाउने, असुल गर्ने गर्दछन् । उनीहरुले तस्करीमा सहयोग गरेबापत समयमा रकम नबुझाउनेलाई सुराकी गरी सामान पक्राउने समेत दोहोरो भूमिका निर्वाह गर्ने गरेको लुम्बिनीखबरलाई एक व्यापारीले जनाए । अहिले तयारी पोसाक, हार्डवेयरका समानहरु, पानी तान्ने पम्म र चिनीको भन्सारमा कमी आएको भैरहवा भन्सार कार्यालयको रेकर्डबाट देखिनुले पनि तस्करी भइरहेको कुरालाई पुष्टि गरेको छ ।

कसरी हुन्छ प्रहरी सेटिङ ?

सीमा क्षेत्रमा हुने तस्कर प्रहरीको सहमतीमा नै हुने गरेको देखिन्छ । प्रहरीको सहमती विना भारतिय बजारबाट नेपालमा हुने तस्करी त्यती सजिलो छैन् । सीमा क्षेत्रमा प्रहरीले सहमती नजनाएसम्म संस्थागत रुपमा तस्करी हुँदैन । प्रहरी र तस्करको सेटिङमा तस्करी हुने गर्दछ । बेलहिया नाकामा पनि प्रहरी र संस्थागत रुपमा तस्करी गर्नेहरु बीच सेटिङ मिलाएर तस्करी हुने गरेको छ । यस नाकाबाट १ दर्जन जति तस्करहरुले मासिक रुपमा प्रहरीलाई रकम बुझाएर तस्करी गर्ने गरेका छन् ।

बेलहियामा तस्करी गर्नेहरु

बेलहियामा अहिले तस्कर गर्नेहरु कोही भारतीय नागरिक छन् भने कोही नेपाली नै छन् । यी तस्करहरुको काम सँधै सीमा क्षेत्रमा तस्करी गर्नु हो । प्रहरीसँग यिनीहरुको सेटिङ मिलेमा तस्करी गर्ने सेटिङ नमिलेमा तस्करी रोक्ने गर्दछन् । आफुलाई गुप्ता भनेर चिनाउने एकजना मुस्लिमले दैनिक सुर्तीको काम गर्दछन् । कपडाको काम गर्नेहरु शम्भु भन्ने एकजना मुस्लिम रहेका छन् । पेन्टको तस्करी गर्ने नाटे, सुकु र पण्डित नाम गरेका तस्कर रहेका छन् । यिनीहरुले पानी तान्ने पम्पदेखि पाएसम्म सबै समान तस्करी गर्ने गरेका छन् ।

नेपालबाट भारत तर्फ फलफुल स्याउको कारोबार गर्नेहरुमा यादव थरका दुई जना रहेका छन् । उनीहरुको बेलहिया स्थित ममता होटलको दक्षिण साईडमा गोदाम रहेको छ । भैरहवाबाट चाईनीज स्याउ गोदाम सम्म पु¥याउने र साईकलमा भारतीय बजार सम्म लैजाने काम गर्दछन् । यिनीहरुले बाईपास हुदै साईकलमा सामान पारी पु¥याउँछन् । अफ्रोज जसले नेपालको कवाड भारतीय बजार सम्म पु¥याउने र भारतीय बजारबाट नेपाल तर्फ ल्याउन सकिने जुन पनि सामान क्यारिङ गरी नेपाल ल्याउने काम गर्दछन । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का