एमाले नेतालाई कालाेमाेसाे : ओली र निधिको पुत्ला दहन

kalomoso-1

 सिरहा, २६ फाल्गुन । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका सिरहा जिल्ला समिति सदसय राम दयाल ठाकुरलाई बुधबार कालोमोसो दलेका छन् । नेकपा एमालेले मेची महाकाली अभियानको क्रममा सप्तरीमा नरसंहार गराईएको भन्दै आक्राशित मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चौकमा ठाकुरलाई कालोमोसो दलेका हुन् । मधेश र मधेसी बिरोधी पार्टी एमालेमा लागेकोले चेताबनी स्वरुप ठाकुरलाई कालोमोसो दलिएको मोर्चा नेता राम दयाल यादबले बताए ।

ओली र निधिको पुत्ला दहनputla

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहामा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रि बिमलेन्द्र निधिको पुत्ला दहन गरेका छन् । मोर्चाले मिर्चैयामा बुधबार साझँ पुर्ब प्रधानमन्त्रि समेत रहेका ओली र गृहमन्त्रि निधिको पुत्लालाई नगर परिक्रमा गर्दै मिर्चैया बजारमा दहन गरिएको मोर्चा नेता पबतिर यादबले बताए ।

सप्तरीमा भएको नरसंहार उपप्रधान मन्त्रि समेत रहेका निधि र एमाले अध्यक्ष ओलीले सुनियोजित रुपमा गराएकोले पुत्ला दहन गरिएको मोर्चाले दाबी गरे । उक्त क्रममा मोर्चाले सरकार र एमालेको बिरुद्धमा जोरदार नाराबाजी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।