काठमाडौं, फागुन २५ – आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । महिला दिवसको दिन महिलाहरुको लागि विशेष हुन्छ । आजको दिनमा संसारभरि नै महिलाहरुले विभिन्न कार्यक्रम गर्छन् । १ सय ७ औँ नारी दिवसको मेसोमा हामीले नेपालका केही महिला सेलिब्रेटीहरुसँग महिलाहरुको अवस्थाबारे कुराकानी गरेका छौँ ।
कोमल ओली
नारीहरुले पूर्ण रुपमा पाउनु पर्ने अधिकार अझै नपाएको कोमल ओलीको बुझाई छ । महिलाहरु पहिलेदेखि नै कमजोर भएका कारण अधिकार दिएको खण्डमा नेतृत्व लिने महिलाहरु पनि निकै कम भएको उनको बुझाई छ । १ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनले अझैसम्म पनि नेतृत्व लिने महिलाहरुको सख्या कम भएको दोहोर्याइन् । महिलाहरुमा मुख्य शिक्षाको कमी भएको उनको भनाई छ ।
महिलाहरुको लागि कानुनी रुपमा सरकारले कस्तो सेवा सुविधाको व्यवस्था गरेको छ भन्नेबारे अझै पनि धेरै महिला अनविज्ञ भएको र आज १ सय ७ औँ नारी दिवस मनाइरहँदा नेपालका महिलाको अवस्था झण्डै ३ सय वर्ष पछाडि रहेको उनको बुझाई छ । बाल विवाह, बहुविवाह, दाइजोको नाममा छोरीहरु जलाइने, बोक्सीको आरोपमा महिला माथि हुने अमानवीय व्यवहार, युवतीहरु प्रेममा परेर आत्महत्या गर्नु पर्ने अवस्था लगायत विषयलाई हेर्ने हो भने महिलाहरुको अवस्था अझै पनि चुनौतीपूर्ण छ । यो सबै कुराहरुमा परिवर्तन आएको खण्डमा मात्रै महिला विकास भएको भन्न सकिने छ भन्दै शहरी क्षेत्रमा सिमित नारीहरुको विकास भएको र त्यसलाई सम्पूर्ण क्षेत्रमा रहेका महिला विकासमा जोड्न जरुरी भएको कोमलले बताइन् ।
पछिल्लो समय महिला अधिकारको कुरा गर्ने हो भने साक्षर महिलाहरुको संख्या निकै बढेकोमा कलाकार÷निर्देशक दीपा श्री निरौला खुशी छिन् । नारी दिवसको अवसरमा हामीसँग कुराकानी गर्दै पछिल्लो समयमा सामाजिक, राजनीतिदेखि कलाकारिता क्षेत्रमा नै महिलाको उत्साहजनक सहभागीता रहेको दीपाले बताइन् ।तर शहरी क्षेत्रमा सञ्चालन गरिने कार्यक्रमहरु, ग्रामीण भेगमा केन्द्रित गर्न जरुरी भएको दीपाको भनाई छ । उनले महिला अधिकारको कुरा गर्र्दै अझै पनि महिलाहरु शिक्षामा पछाडि रहेको र शिक्षामा महिलालाई जोड दिनुपर्ने बताइन् । दीपाले आफूले कलाकारिता क्षेत्रबाट पनि महिलाहरुको हक अधिकारको कुराहरु उठाई रहेको दावी गरेकी छन् । अन्य क्षेत्रमा रहेका महिलाहरुले पनि आ–आफ्नो क्षेत्रबाट महिला अधिकारको कुरा सिकाउन जरुरी भएको दीपाले बताइन् ।
नायिका प्रियंका कार्कीले महिला दिवसको अवसरमा भिन्न भनाई राखेकी छिन् । अहिले सबैको ध्यान तान्न सफल भएकी प्रियंकाले महिला दिवसको बाहानामा महिलाको लागि भन्दै एक दिन छुट्याउनु गलत भएको बताइन् । महिलाको लागि हो भन्दै मनाउने दिवस आफूलाई मन नपर्ने उनको तर्क छ । किन भने महिला हक अधिकारको कुरा एक दिन मनाउने भन्दा पनि ३ सय ६५ दिन नै मान्दै आइरहेको कारण आफूलाई एक दिन मनाइने महिला अधिकार दिवसले खासै प्रभाव नपार्ने तर्क राखिन् । प्रियंकाले भनिन्, ‘महिला एक दिन हेर्नको लागि राखिएको प्राणी हो र दिवस मान्नुपर्ने ? हामी त्यस्तो लोप हुँदै गएको प्राणी त होइन नी दिवस नै मनाउनु पर्ने गरी ?’
आफू ३ सय ६५ दिनमै महिलाको हक अधिकार र आफ्नो काममा व्यस्त भएका कारण एक दिनको कुनै पनि जरुरी नभएको प्रियंकाले उल्लेख गरिन् । आज एक दिन गरिने क्रियाकलापहरु सधै गर्न जरुरी भएको भन्दै उनले भनिन्, ‘एक दिन मनाएर हुने केही पनि होइन । गाउँमा बस्ने महिलाहरुलाई आफ्नो हक अधिकारको बारेमा थाहा नै हुन्न भने त्यो महिलालाई के थाहा होला र आज महिला दिवस हो भनेर ? म महिला हो मलाई अधिकार देऊ भन्दै विचरा बनेर बस्नु हुँदैन । हामीले आफ्नो जिन्दगी इच्छा अनुसार जिउने अधिकार जन्मजात नै लिएर आएको हो भने महिला अधिकार देउ भनेर अरुसँग हात जोड्नु पर्ने जरुरी छैन ।’
नायिका श्वेता खड्का भने नारी दिवस प्रति गर्व गर्छिन् । अन्य देशहरुका नारीको तुलनामा नेपालको नारीहरु पछि नै भए पनि विस्तारै विकास हुँदै गइरहेको उनको बुझाई छ । महिलाहरुलाई अझै राम्रो गर्नको लागि प्रोत्साहन स्वरुप नारी दिवस मनाइएको श्वेता बताउँछिन् । नारी दिवसलाई नकारात्मक भन्दा पनि सकारात्मक रुपमा लिँदै अगाडि बढ्नु पर्ने श्वेताले सुझाइन् ।नेपालको संस्कार र सँस्कृतिका कारण पनि महिलाहरुलाई पछाडिनै पारिएको छ । दाइजो दिने, छोरीलाई अंश नदिने हाम्रो नेपाली समाजमा महिलाहरु घरायसी काममा नै सिमित भएको र यहि कारण पुरुष सरह अघि बढ्न नसकेको श्वेताले बताइन् । ‘तर पछिल्लो समयमा भने यस्ता कुराहरुमा पनि परिवर्तन आएको छ’, उनले थपिन् । केही सफल र उदाहरणीय महिलाहरु हाम्रै समाजमा भएका कारण उनीहरुबाट पनि समाजले केही सिक्न जरुरी भएको बताउँछिन् श्वेता ।
नायिका केकी अधिकारी अहिले नेपाली चलचित्र ‘राज्जा रानी’को छायाँकनको लागि बाँकेको राप्ती नदी नजिकै रहेको फत्तेपूरमा छिन् । नेपाली चलचित्र उद्योगमा राम्रो अभिनय गर्ने र शिक्षित कलाकारको रुपमा गनिने केकीलाई हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई कसरी हेर्नु हुन्छ ? भनेर सोधेका थियाँै । केकीले महिला दिवसको बारेमा आफ्ना केही गहकीला र सान्दर्भिक भनाइहरु राखेकी छिन् । केकीले महिला अधिकारको कुरा आवश्यक भएको थाहा पाउन काठमाडौंबाट बाहिर निस्कन जरुरी भएको बताइन् । काठमाडौंको हकमा कुरा गर्ने हो भने राजनीति, कलाकारिता, व्यवसाय र अन्य पेशा सबै पक्षमा महिला र पुरुष समान छन् ।तर हाल उनी भएको ठाउँ नेपालजंगको फत्तेपुरमा महिला दिवसको कुनै पनि चहल पहल छैन । जो महिला अधिकारको बारेमा कुरा गर्छ त्यो शहरमा नभएर ग्रामीण भेगमा पुग्न आवश्यक भएको उनले बताइन् । फत्तेपुरका छोरीहरु अझै विद्यालय जान नपाएको र अधिकांश महिलाहरु घरायसी काममै व्यस्त रहेको देख्दा केकीलाई निकै दुःख लागेको छ । त्यहाँका महिलाहरु जीवन निर्वाहको लागि पुरुषको भर परेको देख्दा त उनलाई असह्य नै भएको छ । महिलाहरुको त्यो अवस्था देखेकी केकीले कुराकानीको अन्त्यमा दोहोर्याइन्, ‘महिला अधिकारका कुरा शहर भन्दा पनि गाउँ केन्द्रित गर्न जरुरी छ ।’
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
२० फागुन, काठमाडौं । रहस्यमय दुर्घटनामा पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो
२० फागुन ,काठमाडौं । नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातको पहिलो
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको