अब उपत्यकाका चारै यातायात कार्यालयबाट लाइसेन्स पाइने

काठमाडौं, फागुन २३—smart-liscense-58ba20df47e780.68705909-1 यातायात व्यवस्था विभागले भारतको मद्रास सेकुरिटी प्रिन्टरसँग अर्डर गरेको ५४ हजार नयाँ स्मार्टलाइसेन्स कार्ड आएपछि मात्रै नयाँ कार्ड वितरण गर्ने जनाएको छ । विभागसँग अहिले पाँच हजार कार्ड मात्रै बाँकी भएको र थप कार्ड केही दिनमै काठमाडौं आइपुग्ने विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले नयाँ अर्डर भएका स्मार्टलाइसेन्स भन्सार पास भएर काडमाडौं आउने क्रममा छ । कार्ड अभावकै कारण विभागले कहिले सर्भर डाउन भएको भन्दै स्मार्टलाइसेन्स वितरणमा आलटाल गर्दै आएको थियो ।

नयाँ ५४ हजार स्मार्टकार्ड आउनासाथ उपत्यकाका चार वटै कार्यालयबाट स्मार्टलाइसेन्स वितरण सुरु गर्ने पाण्डेले जानकारी दिए । अब नयाँ लाइसेन्स आउनासाथ उपत्यकावासीले एकान्तकुना, ठूलो भर्या‍‍‍‍‍‍ङ, सल्लाघारी र चाबहिलबाट स्मार्टलाइसेन्स पाउनेछन् । तर, उपत्यकाबाहिरका सवारीचालकले भने अझै स्मार्टकार्ड पाउने छैनन् ।

विभागका अनुसार उपत्यकाबाहिरबाट स्र्माटलाइसेन्स वितरण गर्न टेन्डर प्रक्रियामा रहेको दुई लाख ५० हजार कार्ड प्रिन्ट भएर आएपछि वितरण हुनेछ । विभागले २०७२ मंसिर २० गतेबाट पाँच वर्षभित्र देशभरकै सवारीचालकको हातमा स्मार्ट लाइसेन्स पुर्या‍उने प्रतिबद्धता गरेको थियो । विभागको यो योजना पनि सफल हुन सक्ने अवस्था छैन ।

विभागले स्मार्टलाइसेन्स वितरण गर्दा प्रिन्ट गरेर ल्याएको एक लाख ६० हजार कार्डमध्ये एक लाख ५५ हजार कार्ड वितरण भइसकेको जनाएको छ आजको अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

२०७९ साल फागुन १० गते बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकाले पराक्रम

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

यी हुन् १८ महिलालाई प्रेम जालमा पारेर लाखौं सम्पत्ति लुट्दै फरार झापाका नेत्रप्रसाद गिरी।

७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो

निशाको “ओजन” लोकार्पण

१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो,डलरको खरिद दर १३२ रुपैयाँ १९ पैसा 

२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान