March 5, 2017

स्थानीय चुनावमा ७५ हजार म्यादी प्रहरी खटाइने

काठमाडौं । सरकारले आगामी निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन  गरेको छ । जसमध्ये ७५ हजार म्यादी प्रहरी भर्नाका लागि गृह मन्त्रालयको तयारी छ र, सम्भवत मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।myadi-police

करिब २२ हजार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसक्ने भएपछि गृह मन्त्रालयले म्यादी प्रहरीको प्रस्ताव गरेको हो । २०७० को स्थानीय चुनावमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा दलका कार्यकर्ता भर्ती हुने र तिनीहरुले निष्पक्ष निर्वाचनमा असर पार्ने गरेको आलोचना हुने गरेको छ । तर, उपलब्ध सुरक्षाकर्मीहरु मात्र अपर्याप्त हुने भएकाले म्यादी प्रहरी भर्ना गर्नुपर्ने गृहको प्रस्ताव छ ।

भूपू प्रहरी र सैनिकलाई प्राथमिकता

गृह मन्त्रालयले म्यादी प्रहरी भर्नामा पूर्व प्रहरी र सैनिकलाई प्राथमिकता दिइने बताएको छ । पूर्व सुरक्षाकर्मीहरुलाई म्यादी प्रहरीमा समेट्न सक्दा कम तालिमबाट उनीहरुलाई परिचालन गर्न सकिने र उनीहरुले सहज रुपमा सुरक्षा जोखिम अनुमान गर्न सक्ने गृह मन्त्रालयको बुझाइ छ ।

निर्वाचन आयोगले पनि सकेसम्म म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीहरुलाई प्राथमिकता दिन सुझाव दिएको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । यसअघिका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरिसकेकालाई पनि प्राथमिकता दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो