२२ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाले नेकपा एमालेको मेची-महाकाली अभियान झापाबाट सुरु भएको समाचारलाई विभिन्न शीर्षकमा छापेका छन् ।
सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
अवैधानिक रुपमा त्यहाँ रहेका नेपालीको तथ्यांक सरकारसँग छैन । करिब ६० देखि ७० हजार नेपाली अहिले पनि अवैधानिक रुपमा मलेसियामा बसिरहेका छन् । उनीहरु जुनसकै बेला पनि पक्राउ पर्न सक्छन् ।
अधिकांश नेपाली कामदार म्यानपावर कम्पनीबाटै मलेसिया पुग्छन् । सेवासुविधा म्यानपावरले भनेजस्तो हुँदैन । अनी उनीहरु कम्पनी परिवर्तन गर्छन् । तर सम्झौता नगरि रोजगारदाता कम्पनीले नै सोझै कामदार राख्दा उसमाथि कारबाही हुने भएकाले कामदारका सबै कागजपत्र कम्पनीले जफत गर्छ वा त्यहाँका नेपाली एजेन्टले कामदारसँग रकम लिएर बैधानिक बनाइदिने भरोसा दिलाउँछन् र भाग्छन् ।
काठमाडौं – प्रहरीलाई शुक्रबार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गोंगबु, कहिले हलचोक त कहिले सतुंगल बोलाए । तर, आफूले बोलाएको ठाउँमा भेट्न मानेनन् । प्रहरी शुक्रबार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरूले भेट्न मानेनन् । पैसाका साथै प्रहरी पनि लिएर आएको आशंकामा भेट्न डराए । राति ११ बजे भोलि बिहान (शनिबार) भेटेर पैसा लिने र अपहरणकारीलाई रिहा गर्ने सहमति भयो । आजको नयाँ पत्रिकामा खबर छ ।
तिघ्रामा गोली हानेर पक्राउ : बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरू तयार भए । स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जीवन भनिने दुर्गाबहादुर तामाङ पेस्तोल लिएरै गएका थिए । पीडितका आफन्तसँगै पछाडि सादा पोसाकका प्रहरीसमेत देखेपछि उनी फायर गरेर भाग्न खोजेका थिए, तर प्रहरीको काउन्टर फायरमा गोली लागेर उनी ढले । तिघ्रामा गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेलगत्तै वीरबहादुर तामाङ, सचिन खवास र पदमबहादुर तामाङ पक्राउ परेका छन् ।
अपहरणमा परेका मानदोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ प्रहरीले उद्धार गरेको छ । उनीहरू बौद्ध बस्ने भएकाले त्यहाँबाट अपहरणमा परेको आशंका गरिएको थियो । तर, उनीहरू बालाजुबाट अपहरणमा परेको खुल्यो । अपहरणकारीलाई प्रहरीले खुसिंबी टाउन प्लानिङको भ्याली कोल्ड स्टोर नजिकैबाट मुक्त गराएको छ । पैसा लिनेवित्तिकै उनीहरूलाई रिहा गर्न त्यहाँ ल्याइएको थियो । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले पीडितहरूको सकुशल उद्धार गरी अपहरणकारीहरूलाई पक्राउ गर्न सफल भयो । गोली लागेर घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सल्लाह गर्न बोलाएर अपहरण : महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार अपहरणमा ६ जनाको समूह संलग्न थियो, जसमध्ये पाँचजना नुवाकोट हुन् । मानदोर्जे, कुमार र विशाल व्यापार गरेर पैसा कमाउन थालेको उनीहरूले सुनेका थिए । तीनैजना बिहीबार नुवाकोटबाट फर्कंदै थिए । बालाजुको गंगा हल नजिकै आइपुगेपछि उनीहरूले व्यापारबारे सल्लाह गर्न भन्दै नजिकैको होटलमा लिएर गए । होटलको कोठामा पुर्याएपछि हतियार देखाएर बन्धक बनाए । सुरुमा उनीहरूको मोबाइल र पैसा लुटेकोमा बन्धक बनाएर आफन्तलाई फोन गर्न लगाई थप पैसा मागेका थिए । अपहरणमा परेकामध्ये मानदोर्जेसँग पैसा भएकाले उनलाई लक्षित गरी अपहरण गरेका थिए ।
जेलमै चिनजानपछि आपराधिक कर्ममा : अपहरणकारीहरू आपराधिक पृष्ठभूमिका व्यक्तिहरू भएको अपराध महाशाखा प्रवक्ता प्रहरी एसपी कार्कीले बताए । गोली लागेर घाइते भएका अपहरणका आरोपी दुर्गा लाल नवलपरासीमा डकैतीको मुद्दामा जेल परेका थिए । उनलाई १० वर्ष कैद सजाय भएको थियो । अरु पनि हातहितयार, चोरी र डकैती मुद्दामा जेल परेका व्यक्ति हुन् । ‘अपहरणकारीको ६ जनाको समूह देखिन्छ,’ उनले भने, ‘जेलमै चिनजान भई उनीहरूले यस्तो अपराधको योजना बनाएको जस्तो देखिन्छ ।’ पक्राउ परेकामध्ये जीवन भन्ने दुर्गबहादुर घटनाका नाइके भएको प्रहरीले जनाएको छ ।
यससँगै १० जिल्लामा स्थानीय तह थप्ने तयारी भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्वका साथ छापेको छ । अन्नपूर्ण पोस्ट्को फ्रन्टपेजमा हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको समाचारले स्थान पाएको छ ।
माओवादी केन्द्रले निर्वाचन विकल्परहित भएको निष्कर्ष निकालेको समाचारलाई राजधानीले महत्व दिएको छ । नागरिक दैनिकले स्वस्थ्यकर्मीको आन्दोलनले पोलियो कार्यक्रम प्रभावित भएको समाचार र टिपरका कारण सडक दुर्घटना बढेको समाचारलाई प्राथमिकता दिएको छ ।
पुनर्निर्माणका लागि २ खर्ब खातामा भएर पनि विद्यालयहरुको पुनर्निर्माण नभएको समाचार र जाजरकोटमा मोटर चढ्न ७ दिन पैदल हिँड्नुपर्ने स्थिति रहेको समाचारलाई कान्तिपुर दैनिकले फ्रन्टपेजमा छापेको छ ।
मधेसी मोर्चामा संविधान संशोधनको आश भएको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले रसुवागढी नाकामा नेपाली भूमिमा त्रिपालको टहरो भएको तर चिनियाँ भूमिमा ठूला पक्की महल भएको समाचारलाई एकंर बनाएको छ ।
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री