ढुक्क भएर नेपालमा लगानी गर्न शीर्ष नेताहरूको आग्रह

timthumb (1)नेपालको पूर्वाधार विकास तथा औद्योगिक क्षेत्रमा ढुक्क भएर लगानी गर्न प्रमुख दलका शीर्ष नेताहरुले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। काठमाडौंमा बिहीबारदेखि सुरु भएको दोस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख दलका शीर्ष नेताहरुले देशमा राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धिका लागि निर्धक्कसँग लगानी गर्न लगानीकर्तासित आग्रह गरेका हुन्।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वदेशी तथा विदेशी लगानीकर्तासँग नेपालको पूर्वाधार विकास र औद्योगिक विकासका क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन्।

संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै मुलुक राजनीतिक स्थिरताको बाटोमा अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले नेपालको समृद्धिका लागि सबै लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।

नेपालको विकासका लागि वैदेशिक  लगानी भित्राउने उद्देश्यले आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सबै लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न अनुरोध गर्नु भएको छ । राजनीतिक स्थिति क्रमशः सुदृढ हुँदै गएकाले नेपालको कृषि, सूचना प्रविधि, पर्यटन, यातायातलगायतका क्षेत्रमा लगानी गर्न कोही लगानीकर्ता डराउनु पर्ने अबस्था नभएकोमा उनले जोड दिए।

सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न डराउनु पर्ने स्थिति नभएको स्पष्ट पार्नु भएको छ । आफूहरु प्रतिपक्षी दल भए पनि मुलुकको समृद्धिका लागि सरकार भन्दा अघि रहेर सहयोग गर्ने भन्दै अध्यक्ष ओलीले विदेशी लगानीको सुरक्षाका लागि आफूहरु प्रतिवद्ध भएको बताए।

काठमाडौंको होटल सोल्टीमा सुरु भएको सम्मेलनमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, उद्योगमन्त्री नवीन्द्रराज जोशी, पूर्वअर्थमन्त्री रामशरण महतलगायतले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न अनुरोध गरेका छन्।

बिहीबारसम्म चल्ने सम्मेलनमा लगानीकर्ताहरुले करिब १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा सहभागी हुन करिब २५ देशका लगानीकर्ताहरु काठमाडौंमा आएका छन् । पहिलो लगानी सम्मेलन २५ वर्षअघि काठमाडौंमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक