० तपाई त्रिविवि केन्द्रीय क्याम्पसमा स्ववियुको अध्यक्ष पदका लागि अखिल क्रान्तिकारीका तर्फबाट उम्मेदवार बन्न लाग्नुभएको छ । के के छन् तपाईहरुका एजेण्डाहरु ?
त्रिभुवन विश्व विद्यालयलाई कसरी जनताका छोराछोरीको विश्व विद्यालय बनाउन सकिन्छ ? गिट्टि कुट्ने मजदुर वा माछा मार्ने माझीदाईले पनि यहाँ आफ्ना छोराछोरीहरुलाई पढाउन सक्ने हैसियत बन्नुपर्दछ । हाम्रा तीन÷चारवटा मूख्य एजेण्डाहरु रहेका छन् । हाम्रो संगठनले २८वर्षे उमेरहदको माग गरेपछि अहिले शक्तिका भरमा ठेकेदारी गर्नेहरु निरुत्साही बनेका छन् । त्यसैको फलस्वरुप २७ वर्ष उमेरको म नै उम्मेदवार बन्ने सौभाग्य पाएको छु । अन्यथा यहाँ अहिले डन टाइपको गुण्डागर्दी गर्न सक्ने मानिस उम्मेद्वार बन्ने परिपस्थिति हुने थियो ।
हाम्रो दोस्रो नम्बरमा परेको एजेण्डामा नियमित अध्ययन गरेर टप भएका विद्यार्थीहरुलाई पार्टटाइम रोजगारीको व्यवस्था गरिनुपर्दछ भन्ने रहेको छ ।
तेस्रो प्रमाणपत्र धितोमा राखेर सस्तो सुलभ दरमा ऋण दिने व्यवस्था हुनुपर्दछ भन्ने एजेण्डाहरुको उठान गरेको छ ।
त्रिविवि सुधार सम्बन्धी
त्रिभुवन विश्व विद्यालय देशकै सबैभन्दा पुरानो विश्व विद्यालय हो । तर, दिनानुदिन गुणस्तर माथि प्रश्न चिन्ह खडा भएको छ । साथै थोत्रो बनेको छ । यहाँको भ्रष्टाचारलाई बढार्न र जालो च्यातेर उनीहरुलाई नांगेझार पार्नका निमित्त अखिल क्रान्तिकारीले पहलकदमी लिनेछ । अहिले विश्व विद्यालय हो की होइन भन्ने प्रश्न पनि खडा भएको छ । कतै यो मसानघाट त होइन ? किनकी छ महिनाको अन्तरालमा यहाँ तीनवटा घट्नाहरु घटिसकेका छन् । यहाँको बालकुमारीमा दुई जना मानिस मरे । त्यस भन्दा एक महिना अगाडि अर्थशास्त्र विभाग भन्दा अघि मान्छे मारेर फालिएको थियो । त्यसभन्दा एक महिना अघि अंग्रेजी विभागमा मानिस झुण्डिएर मरेको थियो । त्यसैगरी १५ दिन अघि तीनकुनेमा एक जना मानिस झुण्डिएर मरेको थियो ।
विश्व विद्यालय मसानघाटकी डेटिङ स्पोट ?
यो डेटिङ स्पोट हो की ? त्रिभुवन विश्वविद्यालय भएपछि रिसर्च सेन्टर, लाइब्रेरी र ल्याव समेत हुनुपर्दछ । शान्त वातावरणमा पढ्न खोजेको अवस्थामा जोडी लिएर डेटिङ आउनेहरु भेटिन्छन् । कसरी पढन सकिन्छ ? यसरी हेर्दा यो विश्व विद्यालय, मसानघाट, डेटिङ स्पोर्ट वा छुट्टाउन नसकेको अवस्था छ । त्यसैले समस्या समाधानकालागि मेरो टिमलाई नै रोज्नुपर्दछ ।
० यो अवस्थालाई तपाईले कसरी सुधार्नुहुन्छ त ?
यसलाई जनताका छोराछोरीहरको विश्वविद्यालय बनाउनका लागि यहाँ वरपर वाल लगाएर चारवटा प्रवेश गेट बनाइनेछ । विद्यार्थीहरुको परिचयपत्र, कर्मचारी र अन्य मानिसहरु जो अनुगमन र भिजिटका लागि आउनेहरुलाई पास लिएर मात्रै भित्र छिराइनेछ । यसरी यो परिसर गौचरणका रुपमाविकास भइरहेको छ । यसरी प्राज्ञिक ठाउँ बनाउन प्रयत्नशिल रहनेछु ।
० प्राध्यापकहरु क्याम्पसमा नपढाउने तर बाहिर गएर खोलेका कलेजलाई गुणस्तरीय प्राध्यापन गराउने काम हुँदै आएको पनि छ साथै अस्थायी र करारमा नियुक्ति पाएकाहरु पनि स्वतः स्थायी हुनुपर्दछ भन्दै बेला बेलामा सरकारसँग सम्झौताहरु पनि भएका छन् । यस विषयमा अखिल क्रान्तिकारीको धारणा के हो ?
हो बाहिर प्लस टु कलेज खोल्ने, महिनाको एक पटक आएर हाजिर गर्ने, कक्षा कोठामा गएर विद्यार्थीलाई नपढाउने गरिदै आइएको थियो यस अघिका हाम्र संगठनका अध्यक्ष तथा स्ववियुका सभापति हिमाल शर्माले हाजिरी रजिष्टरमा रातो लगाइदिने प्रयत्न गर्नुभयो । यहाँँ सेमेष्टर प्रणालीमा समेत राम्ररी नपढाउने तरबाहिर गएर ट्युसन पढाउने गरिएको छ त्यसैले हामीले ट्युसन पढाउने प्रथाको अन्त्य गर्न चाहान्छौं । उहाँहरुले जत्ति पढाउनुहुन्छ कलेजमा मात्रै पढाउन पाउनुहुन्छ । हाम्रा त्रिविविका कुनै पनि स्थायी शिक्षकहरु प्राइभेट कलेजको शेयर होल्डर वा सिइओ भएको खण्डमा हामी कार्वाही गर्न तयार छौं । अखिल क्रान्तिकारीलाई जिताएको खण्डमा विद्यार्थीका निमित्त पढन चाहेका बखत विद्यार्थीहरु उपलव्ध हुने ग्यारेन्टी गर्न चाहन्छु । त्यसका निमित्त यहाँका स्थायी शिक्षकहरुलाई बाहिर गएर कलेज खोल्न दिइने छैन ।
करार शिक्षक नियुक्ति सम्बन्धमा
२०६३ को जनआन्दोलनको सफलता पश्चात तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले विश्व विद्यालयका काठमाडौं उपत्यका लगायत बाहिरका क्याम्पसहरुमा पढाएका १३ सय पार्टटाइम कागे्रसी टिचरहरुलाई आन्दोलन गरेपछि स्थायी बनाइदिने भनेर सम्झौता गर्नुभयो । त्यो समयका हाम्रा केन्द्रीय अध्यक्ष रमेश मल्ल हुनुहुन्थ्यो उहाँको नेतृत्वमा हामी त्यस्ता गलत सम्झौताहरुको विरुद्धमा लड्यौं । नयाँ, योग्य र सक्षम विद्यार्थी उपप्राध्यापक भएर पढ्न पाउनुपर्दछ भनेर माग राख्यौं । प्रशासनले सुनेन अन्ततः ती शिक्षकहरुको परिक्षा लिएरै छाड्यो । यसरी पढाउने शिक्षकहरु राजनीतिक नियुक्ति दिने कुराको अन्त गर्न चाहन्छौं ।
० विद्यार्थी युनियनलाई आम जनताले हेर्ने द्धिष्टीकोण नकरात्मक बनेको छ । सुधारका लागि तपाईको कस्तो प्रयास हुनेछ ?
हामी युवाहरु स्वाभाविकै रुपमा परिवर्तन चाहन्छौं । हामी त हिजोका बुढापाका स्ववियुका सभापतिले गरेको व्यवहार भन्दा पुरै फरक काम गर्नेछौं । किनकी हिजोको सिनियरहरुले गरेका हुबहु कामलाई अघि बढाउँदैनौं हामी त क्रम भंगता गर्न चाहन्छौं । त्रिभुवन विश्वविद्यालयमा नातावाद र कृपावादमा अल्झिने छैनौं । अन्यथा हामी क्रान्तिकारी हुनै सक्तैनौं । हाम्रो नेतृत्वमा स्ववियुमा जीत हासिल गर्ने बित्तिकै कर्मचारी वा शिक्षकमा हामी मेरो आफन्त भनेर जागिर लगाउने छैन । हामीले त लोकसेवाको माध्यमले पदपुर्ति गर्नेछौँ । चाहे कार्यालय सहयोगी नै किन नहुन् हामी एउटा निष्पक्ष संस्था मार्फत नै नियुक्ति सरुवा बढुवाको प्रक्रिया गर्न चाहन्छौँ ।
० छात्रवृत्ति कोटाको दूरुपयोग गरिन्छ भनिन्छ नि ?
कांग्रेस र एमाले निकट पहिलाका विद्यार्थी संगठनमा आवद्ध नेताहरुले खल्तिबाट झिकेर छात्रवृत्ति रकम बाड्ने गरेका थिए । तर, २०६५ सालमा केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियुको नेतृत्व जब अखिल क्रान्तिकारीले सम्हाल्ने अवसर प्राप्त ग¥यो त्यसपछि मेरिट लिष्टलाई नै प्राथमिकता दिएको हो । त्यस अघि आफ्नाखल्तिबाट निकालेर दिने प्रचलन चलाएका थिए । तर, पछिल्लो कालमा त्रिविवि केन्द्रमा त्यो अवस्था छैन । तथापि धेरै विभागहरुमा छात्रवत्ति नै दिन सकिएको छैन । यसरी हामीले प्रत्येक विभागमा २० प्रतिशत विद्यार्थीहरुलाई छात्रवत्ति दिनुपर्दछ भन्ने माग राखेका छौँ ।
पहिलोः त नम्बरमार्थी संगठनका प्रतिबद्धताहरु मेरो जित्ने आधार हो ।
दोस्रोः म निजी कलेज (केआईसी) मा पढ्दादेखि नै स्ववियु खोल्ने आँट र हिम्मत गर्ने व्यक्ति हुँ । मेरै अध्यक्षतामा संगठन बनाइपछि मलाई प्रशासनले रेष्टिकेट गर्न खोजेको थियो तरपनि हिम्मत गर्न सकेन । त्यसपछिकुनै राजनीतिक गतिविधि नगर्र्ने भनेर विवाद साम्य गरिएको थियो । त्यो संगठन सरास्वती क्याम्पसका अखिल क्रान्तिकारीका अध्यक्ष जनक पौडेलको आतिथ्यतामा खोलिएको थियो । मेरा परिवारका सदस्यहरुले इन्जिनियरिङ पढ्न दवाव दिएका थिए । तर मेरो लगाव राजनीति तर्फ रहँदै आयो । त्यसपछि म अस्कल क्याम्पसमा सचिव अध्यक्ष हुँदै काम गरे । मेरो जित्ने आधार भनेकै साइन्सका विद्यार्थीहरु हुन् । म अस्कल क्याम्पसको विद्यार्थी हुनका नाताले मसँग भावना जोडिएका धेरै साथीहरु छन् । एजुकेसनमा पढ्ने विद्यार्थीहरु सामान्यतय मध्ये तथा सुदूरपश्चिमबाटआएर पढ्नेहरु नै छन् । त्यहाँबाट काठमाडौं आउने विद्यार्थीहरु हिजोको माओवादीको आधार इलाका र पृष्ठभूमिबाट आएकाहरु नै हुन् ।
तेस्रोः हाम्रो संगठनको डेढ महिने अभियानको सञ्चालनको क्रममा म प्रत्येक कक्षा कक्षामा गएर कमिटि गठन गरेको छु । त्यसैले म प्रत्येक विद्यार्थीहरुसँग नजिक छु ।
म अहिले अर्थशास्त्र विभागमा अध्ययन गरेको छु । यहाँका चौथो सेमेष्टरका विद्यार्थी हुन वा पहिलो सेमेष्टरकै किन नहुन् । सबै मेरा साथीहरु हुन् । त्यसैले यो पनि विभागबाट मलाई नै साथीहरुले विश्वास गर्नेछन् । साथै अन्य विभागहरुमा पनि मैले सुक्ष्म ढंगले मेहनत गरेको छु ।
चौथोः म कालिकोट जस्तोदूर्गम क्षेत्रको मानिस हुँ । अहिलेको मेरो बसाई टिकापुरमा रहेको छ । त्यसैले म सदूरपश्चिम र मध्यपश्चिम दुबै क्षेत्रको बासिन्दा हुँ । त्यसैले मलाई क्षत्रिय सेन्टिमेन्टल पनि बटुल्न सफल हुनेछु र सजिलै जित्ने विश्वास लिएको छु ।
० अन्तमा….?
आठ वर्ष पश्चात हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो हैन राम्रो उम्मेद्वारलाई भोटदिउँ । बाबु कांग्रेसको कार्यकर्ता वा नेता हुँदैमा नाति पनि कांग्रेस हुनुपर्ने भनेकैकारण बिग्रिएको अवस्था छ । बाबु एमाले वा माओवादी हुँदैमा नाति पनि त्यही नै हुनुपर्दछ भन्ने छैन । हामी त्रिविविमा अध्ययनरत मास्टर्स डिग्रीका विद्यार्थीहरु हौँ । हामीले रातोलाई रातो र कालोलाई कालो भनेर भन्नसक्नुपर्दछ । हामी कुनै आइडोलोजीबाट प्रभावित भएका छौँ । त्यसका लागि समानुपातिकमा मत दिनुहोस् । गलत मानिसलाई भोट दिएँ भनेर भोलिका दिनमा पश्चाताप गर्नुनपरोस । म निर्वाचित भएको खण्डमा त्रिविविमा पहिलो नम्बरमा शुल्क घटाउने छु । किनकी युजीसी र विश्व बंैकको बजेट बालुवामा खनाएको पानी जस्तै भएकोछ । यहाँ नत कुनै संरचना नै निर्माण गरिएको छ । नत भाडा नै तिर्नुपर्दछ । तर सेमेष्टरका नाममा प्रशस्त रकम उठाइएको छ । तर सफल बनाउन सकिएको छैन । अहिले प्रशस्तै नीतिगत भ्रष्टाचार गरिएको छ । नीतिगत भ्रष्टाचार रोक्नका निमित्त, जनताका छोराछोरी पढ्नसक्ने सर्वसुलभ शिक्षाका उपलव्ध गराउनका निमित्त अखिल क्रान्तिकारीका उम्मेदवारलाई जिताउनुपर्दछ ।
पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन २०७८
५ पुष २०७८, सोमबार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले
केशव दाहाल- नेता, विवेकशील साझा पार्टी २०७८ भदौ २,राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो
काठमाडौं,पुस २९, नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन
काठमाडौँ, ७ मङ्सिर: लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोकमा, कालिञ्चोक दर्शन लिमिटेडले केबुलकार सञ्चालन गर्दैछ । व्यवसायीक