भक्तपुर, फागुन १७ । अनेरास्वीयूका अध्यक्ष नवीना लामाले नेविसंक्याम्पसमा तालाबन्दी लगाएर चुनाव बिथोल्न नेविसंघका नेता तथा कार्यकर्ता लागि परेको आरोप लगाएकी छिन् । रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लामाले नेविसंघ निर्वाचन भाड्ने षड्यन्त्रमा लाग्दा निर्वाचन प्रभावीत हुने खतरा आएको बताइन् ।

नेविसंघको अराजनैतिक र अलोकतान्त्रिक चरित्रका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रभावीत हुने खतरा बढिरहेको उनको भनाइ छ । अध्यक्ष लामाले नेविसंघको गुण्डागर्दी र अलोकतान्त्रिक शैलीका कारण निर्वाचनमा समस्या आएको बताइन् ।
उनले स्ववियू निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउँदै १८ गतेको निर्वाचन कसैले चाहेर पनि नरोकिने बताइन् । नेविसंघले पराजय स्वीकार्न नसक्दा क्याम्पसमा तालाबन्दीमा उत्रिएको बताउँदै आठ वर्षपछि हुन लागेको स्ववियू निर्वाचन सफल बनाउन सबै विद्यार्थी संगठनलाई आग्रहसमेत गरिन् ।
उनले देशभर आफूहरुको विजयको शूरुवात भएपछि नेविसंघ तालाबन्दीमा उत्रिएको बताइन् । सानोठिमी क्याम्पसमा सोमबार राती भएको क्याम्पस प्रमुखको कार्यकक्षमा भएको आगजानी अखिल र विप्लवले लगाएको भन्ने झुण्डो आरोप आगजानीमा कुनै संलग्नता छैन्, उहाँले भन्नुभयो ।
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री