काठमाडौं, फागुन १७ । स्ववियु निर्वाचन स्थगनको माग गर्दै आएको संयुक्त मधेशी विद्यार्थी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएको छ । मधेशी विद्यार्थी मोर्चाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संविधान संशोधन विधेयकलाई टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणाले मधेश पूर्ण रुपमा आन्दोलित भएको अवस्थामा कुनै पनि निर्वाचन सम्भव नभएको ठहर मधेशी विद्यार्थी मोर्चाले गरेको छ ।
यथास्थितिमा स्ववियु निर्वाचन हुन नसक्ने भन्दै मधेशी विद्यार्थी मोर्चाले निर्वाचन स्थगनको माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् । ‘आन्दोलनले तराई–मधेशका सम्पूर्ण क्याम्पस तथा काठमाडौंको अधिकाश स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी, तोडफोड र आगजनी भइराखेको अवस्थामा समेत त्रिवि जस्तो प्राज्ञिक थलोबाट प्रहरी र प्रशासनको आडमा त्रास देखाएर चुनाव गराउनु लोकतान्त्रिक मूल्य र मान्यताको खुलमखुला धज्जी उडाएको देखिन्छ’ प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
साथै मधेशी विद्यार्थी मोर्चाले कुनै ठाउँमा निर्वाचन हुने र कुनै ठाउँमा निर्वाचन नहुनुले देशको एकरुपता माथि प्रश्न उठेको ठहर गर्दै अविलम्ब स्ववियु निर्वाचन रोकी देशैभरि एकैचोटि निर्वाचन गराउन माग गरेको संयुक्त मधेशी विद्यार्थी मोर्चाका नेता रंजित निस्पक्षले जनाएका छन् ।
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता