February 28, 2017

विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब

फागुन १७

काठमाडौं – नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । यसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश छैन । आजको नयाँ पत्रिकामा खबर छ ।

पर्यटन व्यवसायीहरू पनि अहिले नेपाल आउने पर्यटकको तुलनामा नेपालीलाई विदेश पठाएर व्यवसाय गर्नेको व्यवसाय उल्लेख्य रूपमा बढेको बताउँछन् । ‘अहिले नेपालमा विदेशी ल्याएर घुमाउनुभन्दा नेपालीलाई विदेश घुमाउने कम्पनीले राम्रो व्यापार गरिरहेका छन्,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष डिबी लिम्बू भन्छन्, ‘यकिन तथ्यांक छैन, तर समग्र पर्यटनबाट नेपालले गर्ने आम्दानीको तुलनामा नेपालीले गर्ने खर्च अत्यधिक छ ।’

ट्राभलका नाममा ५० अर्बभन्दा बढी बाहिरिन्छ : तथ्यांकअनुसार नेपालबाट डलर सटहीबाट मात्र वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढी बाहिरिन्छ । नेपालीले भ्रमणका लागि गत आर्थिक वर्ष ०७२÷७३ (सन् २०१५-१६)मा ५६ अर्ब ४१ करोड रुपैयाँबराबरको अमेरिकी डलर वा अन्य विदेशी मुद्रा सटही गरेको तथ्यांक छ । तर, विदेशी पर्यटकले नेपालमा सो अवधिमा ४१ अर्ब ४६ करोड मात्रै खर्च गरेका छन् ।

यो तथ्यांक डलर सटहीमा हुने खर्च मात्र हो । यसबाहेक नेपालमा एक खर्ब रुपैयाँबराबर अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री हुन्छ । त्यसमध्ये नेपाल वायुसेवा निगमसहित नेपाली कम्पनीको भागमा करिब १० प्रतिशत मात्र हिस्सा रहन्छ । ९० प्रतिशत विदेशी कम्पनीले नै कमाइरहेका छन् । सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टा) नेपालका पूर्वअध्यक्ष यम खड्काका अनुसार नेपालमा बिक्री हुने कुल टिकटमध्ये विदेश भ्रमणमा जाने नेपालीकै नाममा बढी हुन थालिसकेको छ ।

यसकारण बढ्दै छन् विदेश घुम्ने नेपाली:
– सस्तो मूल्यमा आकर्षक प्याकेज उपलब्ध हुनु
-नेपालीको क्रयशक्ति वृद्धि
-नेपालभित्र नेपालीले मन पराउने गरी गन्तव्य प्रवद्र्धन र विकास हुन नसक्नु
-आन्तरिक पर्यटकलाई नेपाली व्यवसायीको फरक व्यवहार-वास्ता नगर्ने प्रवृत्ति
– नेपालमा कमजोर पूर्वाधार र कम गुणस्तरीय सेवा
-फरक संस्कृति, वेशभूषा, भौगोलिक अवस्थिति हेर्ने र नयाँ अनुभव लिने चाहना
-कलेज, कर्पोरेट हाउसहरू, कम्पनीहरूले आफ्ना कर्मचारीका लागि भ्रमणमा लगानी वृद्धि
-विदेशमा परिवारका सदस्यको उपस्थिति
-नेपालबाट सीधा हवाई सम्पर्क र गन्तव्य बढ्नु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा

एआई नियमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने

जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ७४ जना जेल चलान, ९२ जना हाजिरी जमानीमा रिहा

मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता