वैदिक भावना जागृत गराउनुपर्छ – अध्यक्ष अोली

kp-oli1फागुन – १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई प्रगाढ राख्न प्रत्येक नागरिकका हृदयमा सनातन वैदिक भावना जागृत गराउनुपर्ने समय आएको बताएका छन् ।

नेपाल मानव धर्म सेवा समितिद्वारा आयोजित स्वर्णजयन्ती तथा सत्सङ्ग महोत्सवको आज हेटाैँडामा समापन गर्दै उनले आध्यात्मिक वैदिक धर्मको माध्यमबाट सभ्य समाज र परोपकारी भावना पुनःस्थापित गर्न सतसङ्गले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने –“समाजलाई जातीय, धर्म र क्षेत्रीयताबाट विभाजन गर्नुहुँदैन, समाजमा धार्मिक सहिष्णुताका माध्यमबाट शान्ति र बन्धुबान्धत्वको भावना माथि उठाउनुपर्छ ।” कार्यक्रममा भारतीय जगत्गुरु सन्पाद महाराजले पशुपतिनाथ, गौतमबुद्ध, जानकीलगायतबाट दैवीशक्तिमा अडेको नेपाललाई सनातन वैदिक धर्मको जागरणबाट आर्थिक, सामाजिक रुपबाट बलियो तुल्याउन सकिने बताए ।

दुईदिने सो समारोहमा नेपाललगायत भारत, भुटान र श्रीलङ्काका स्वामी, साधु, सन्तमहन्तसहित नेपालका मानव सेवा धर्मका ४० आश्रमबाट प्रतिनिधित्व भएको र करिब चार हजारजनालाई धार्मिक प्रशिक्षण दिइएको स्वर्णजयन्ती प्रचार प्रसार समितिका सचिव सुवास कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि