फागुन १४ | काठमाडौं – दिउँसोदेखि उम्मेद्वारी मनोनयनको विषयमा विवाद भइरहेको राजधानीको आरआर क्याम्पसमा विद्यार्थीले क्याम्पसमा आगो लगाइदिएका छन् । तर, कसले के कारणले आगो लागाइएको हो भन्ने खुल्न सकेको छैन ।
दिउँसो देखि तनाव ग्रस्त क्याम्पसमा अखिलका विद्यार्थीले आगो लगाएको आरोप नेविसँघका उपाध्यक्ष पुष्प शाहीले बताएका छन् तर, आगो लगाउनेहरु पहिचान नभए पनि नेविसँघ र अखिल क्रान्तिकारीले हुन सक्ने आशंका अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । आगो लगेपछि क्याम्पस हाता झन तनाव ग्रस्त बन्न पुगेको छ ।
आफु निस्केको १० मिनेटमै आगो लागेको थाहा पाएको क्याम्पस प्रमुख निर्मला सुवालले बताए । उनले भने –‘यस्तो प्रकारले निर्वाचन हुन सक्दैन हामी त्रिविको धारणा पर्खेर बसिरहेका छौं ।’ निर्वाचनको मिति नजिकिदै गर्दा क्याम्पस क्षेत्र तनाव ग्रस्त बन्दै गइरहेको छ । के कति क्षति भयो त्यो जानकारी नभएको क्याम्पस प्रमुखले बताए ।
निर्वाचन कार्यलय सार्ने विषयमा विवाद चर्कदै जादा दिउँसो झडप भएको थियो । दिउँसो झडपका क्रममा दुई नेविसंघका कार्यकर्ता घाइते भएका थिए । घाइते हुनेहरुमा सुरेश भारद्वाज र सुनिल शर्मा रहेका छन् ।
मनोनयनमा नेविसंघले अवरोध गर्न खोजेपछि विवाद हुँदा अनेरास्ववियूले आक्रमण गर्दा उनीहरु घाइते हुन पुगेको थियो ।
बेलुकी पख लगाइएको आगो प्रहरी र अनेरास्ववियुका विद्यर्थीहरु मिलेर निभाएका थिए । आगो क्याम्पसको गादाम कोठामा लगाइएको थियो ।
अहिले तरुण दलका लक्ष्मी थपलिया लगयातको टिम तथा नेविसँघका उपाध्यक्ष पुष्प शाही लगायत क्याम्पस क्षेत्रमा छन् भने अखिलमा अनिल महर्जन लगायतको समुह रहेका छन् ।
स्ववियू निर्वाचन १८ गते हुँदैछ भने आज उम्मेद्वारी दर्ताको दिन थियो
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता