नेपाललाई सांस्कृतिक उपनिबेश बनाउने षड्यन्त्र : कमल थापा

kamal-thapa-2-768x502काठमाडौं – राप्रपा अध्यक्ष कमल थापाले धार्मिक सांस्कृतिक मूल्य,मान्यता,संस्कार र परम्परा संकटमा परेको बताउदै आपसमा बिभाजनको रेखा कोरेर सांस्कृतिक उपनिबेश बनाउने षड्यन्त्र भैइरहेको दाबी गरेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरामा शुक्रबार आयोजित कामनानाथ शिबलिङ्ग प्राण प्रतीष्ठा तथा मन्दिर उद्धाटन कार्यक्रममा बोल्दै उनले षड्यन्त्रपुर्बक हिन्दुराष्ट्रको पहिचान हटाएर लोभलालच प्रलोभन देखाएर योजनाबद्ध र संगठित रुपमा दशौ लाखको संख्यामा धर्म परिबर्तन गरिएकोमा गम्भीर आपत्ति प्रकट गरे ।
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणको लागि धर्म,सस्कृती परम्परा र मूल्य मान्यतालाई नष्ट गर्न जरुरी नभएको जिकिर गरे ।
थापाले राष्ट्रिय हित र सम्बर्द्धनको लागि र पहिचान रक्षाको निमित्त हिन्दुराष्ट्र आबश्यक भएकोमा जोड दिए । धर्म निरपेक्ष राख्ने कुरा कुनै आन्दोलनमा नउठेको भन्दै उनले हिन्दुत्व जीवन पद्धति भएको समेत बताए ।
सो कार्यक्रममा सांसद रामेश्वर फुयाल, कैलाश खड्का , पुष्पराज पुरुष ,नबराज सिंखडा लगायतले बोलेका थिए । मन्दिर निर्माणमा महत्त्वपूर्ण सहयोग गर्ने दाताहरुलाई अध्यक्ष कमल थापाले सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि