पृथ्वी जस्तै सात नयाँ ग्रह भेटिए : अक्सिजन र मिथेन ग्यास खोज्दै वैज्ञानिक

वैज्ञानिकका अनुसार सात ग्रहमध्ये तीन ग्रहमा जीवको सम्भावना रहेको रहेको छ। सातै ग्रह ‘ट्रापिस्ट १ नामको ताराको वरिपरि घुमिरहेको छ। यो तारा पृथ्वीदेखि ४० प्रकाश वर्षको दूरीमा रहेको छ। ग्रहको आकार छोटो तथा चिसो रहेको वैज्ञानिकको भनाइ छ।

नेचर पत्रिकामा बताइए अनुसार नासाको ‘स्पिटजर टेलिस्कोप’ तथा त्यहा जडान गरिएको सिस्टमको सहायताबाट पहिलो पटक पृथ्वीजस्तै सात ग्रह एउटा ताराको परिक्रमा गरिरहेको पत्ता लागेको हो।

यस्तै बेलजियम युनिभर्सिटी अफ लेजका प्रसिद्ध लेखक माइकल गिल्‍लनले भनेका छन्, ‘यी सबै ग्रह एकअर्काको नजिक रहेका छन्। सातै ग्रह आफ्नो ताराभन्दा धेरै नजिकमा छन्। ग्रह वृहस्पतिको नजिकमा रहेको र चन्द्रमासँग धेरै पटक भेट हुने गरेको छ।’

माइकलका अनुसार यी ग्रह यति धेरै चिसो र आकारमा साना छन्। सातै ग्रहको तापमापन समशीतोष्ण छ। यसको अर्थ उक्त ग्रहमा तरल रुपमा पानी हुनसक्छ। यसका साथै यहाँ जीवको पनि सम्भावना हुनसक्छ।

‘ट्रापिस्ट १’ को तीन ग्रहको परिभाषा अनुसार यी सबै एक अर्काको पारस्पारिक क्षेत्रमै रहेका छन्। ग्रहको क्षेत्रमा पर्याप्त वायुमण्डली भएका कारण पानी रहेको हुन् सक्छ।

बीबीसीका विज्ञान सम्पादक डेभिड सुकम्यानले भनेका छन् ‘पृथ्वी जस्तै नयाँ ग्रहको पत्ता लगाएकोमा वैज्ञानिकहरु खासै उत्साहित दैखिदैनन् किनकी  ट्रापिस्ट १ निक्कै सानो र फिक्का भएको तारा हो। यसको अर्थ टेलिस्कोपले ग्रहको अध्ययन गर्न जति अप्ठ्यारो हुन्छ त्यो भन्दा धेरै वैज्ञानिकलाई ताराको अध्ययन गर्न कठिन हुन्छ।’

सौर्यमण्डलमा नयाँ ग्रह पत्ता लगाएसँगै अब यी सातवटै ग्रहको वायुमण्डलको बारेमा अनुसन्धान गर्ने नयाँ अवसर र चुनौती दुवै थपिदिएको छ।नासाका वैज्ञानिकले अनुसन्धानको दोस्रो चरण सुरुवात गरिसकेका छन्।उनीहरुले ती ग्रहहरुमा अक्सिजन र मिथेन ग्यासको खोजी गरिरहेका छन्।

साभार :अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको