भक्तपुर, फागुन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत जगातीले जनाएको छ । मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग ६ लाख १४ हजार रुपैयाँ घुस लिँदै गर्दा एक सातादेखि निगरानीमा रहेका अख्तियारको टोलीले बुधबार कार्यालय समय पछि घुस लिँदै गरेको रकमसहित नियन्त्रणमा लिएको हो । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारले नासु बुढाथोकी, कार्यालय सहयोगी खत्री र लेखापढी व्यवसायी न्हिुसुतूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना